New from Nepal

लालच देखाई क्रीस्चियन धर्म लिन बाध्य पार्ने पक्राउ !!!

जबरजस्ती क्रिश्चियन धर्मको प्रचारत्मक क्रियाकलापको बिगबिगी बढिरहेका बेला अर्घाखाँचीमा केहि क्रिश्चियन धर्म प्रचारकहरुलाई मंगलबार दिउसो हिन्दू जागरण युवा संघ अर्घाखाँची र स्थानियहरुले नियन्त्रणमा लिई माफी मगाई छाडेका छन्।

अशिक्षा, बेरोजगारी, गरिबी, नाबालिकपनको फाइदा उठाउदै अर्घाखाँची जिल्लाका अर्घातोष, भगवती मरेंग लगायतका क्षेत्रहरूमा धर्म परिवर्तन गराउदैँ लु ५, ५३३३ नम्बरको साइन बाइकमा हिडेका धर्मका झोले ब्यापारी प्रचारकहरुलाई स्थानियहरुले आइन्दा यस्तो कार्य नर्गन चेतावनी दिएका छन्।

उनीहरुले डलरको भरमा बिदेशी आयातित धर्मको प्रभाब बढिरहेको र सामजिक र साँस्कृतिक बिकृति बढिरहेको हुँदा यस्ता हिन्दुत्व बिरोधि प्रचारक समुहलाई जरैदेखि उजागर गर्नैपर्ने स्थानीय समाजसेबी नारायण प्रसाद पाण्डे बताउनुहुन्छ्र क्रिश्चियनहरुले मुलुकभर विभिन्न लोभ लालच देखाई धर्म परिवर्तन गराउने खेल खेली रहेका छन्।

धर्म परिवर्तनले देशको मौलिक सस्कृति नष्ट हुने, धार्मिक द्वन्द बढाउने र देशमा अशान्ति ल्याउने हुदा उक्त धर्म परिवर्तनकारीहरुलाई अंकुश लगाउनु हामीहरुको नै प्रमुख दाइत्त्व हो श्रेष्ठले बताउछन ’उनीहरुले गाउका सोझा साझा कतिपयलाई आर्थिक प्रलोभनमा समेत पारेर धर्म परिवर्तन गराउने गरेको पाइएको र सनातन देखि चली आएको हिन्दू धर्मलार्इ निमोठ्नेहरुको सास्कृतिक बाहुलयेता नष्ट गराउने चलखेल रहेको हुदा सबैलाई सचेत रहन हिन्दु जागरण युवा संघ जिल्ला कार्य समिति अर्घाखाँचीले अनुरोध गरेको छ।
screenshot_2016-11-24-08-25-58

श्रोत: