Shikhar News

News from Nepal

पिरतीको परिभाषा…

सानो सानो जमघटमा कोहि भेटिन्छ
माया लाउने ठूलो तिर्खा त्यही मेटिन्छ

घरीघरी छेउमा आइ मुस्कुराउदै बोल्दा
लुकि लुकि हेरि सधै मेरो मन चोर्दा
जता हेर्यो जहाँ हेर्यो उहीँ पो देखिन्छ
जिन्दगीको जिउने बाटो त्यही फेरिन्छ

सङ्गीतको माहौलमा उसकै छ खोजि
लगेको छ यो मन मेरो उसैले नै बोकी
नमेटिने गरि मनमा खै के ले लेखिन्छ
पिरतीको परिभाषा त्यही नै भेटिन्छ

प्रेम राई “परीक्षीत”
उदयपुर