‘सियो जस्तो सम्झना’मा खुले ‘नखुलेको आकाश’का सर्जक

२०७३ मंसिर १४ मंगलवार
Shikhar News

 

                                    गीतकार रवि प्राञ्जल                     

हालैका दिनमा सामाजिक संजाल र संचार माध्यमहरुमा चर्चाको शिखरमा पुगेको गजल “नखुलेको आकाश खुलेर आयो…” का रचनाकार रवि प्राञ्जल आफ्नो अर्को गजल “सियो जस्तो सम्झनाले घोचि रहन्छ यो मन”को भडियोमा देखा परेका छन। कपिल देव खतिवडाले पहिलो पल्ट निर्देशनको जिम्मा सम्हालेको गजलको दृश्य छायाकंन तथा सम्पादन गरेका छन सलिल न्यौपानेले र सहायक निर्देशन गरेका छन प्रशान्त पौडेलले ।यस म्युजिक भिडियोमा गजलकारका अतिरिक्त सुयशा सुबेदि र गायक सजल न्यौपाने स्वयंले समेत अभिनय गरेका छन ।

 

“प्राय: गायक र संगितकारलाई श्रोता,दर्शकहरुले बिभिन्न कार्यक्रम र भिडियोहरुमा देखेर चिन्ने गरे पनि गीतकार तथा गजलकारको नाम कमैले सुन्ने र सुनेकाहरुपनि कमैले मात्र चिन्ने अवस्था छ त्यसैले हामीले गजलकार रवि प्राञ्जललाई उँहाको शुभ चिन्तकहरुमाझ दृश्यमै प्रश्तुत गरि परिचित गराउन यो प्रयास गरेका हौँ ।“ निर्देशक खतिवडाले शिखरन्युज लाई बताए ।

nirdeshak

      म्युजिक भिडियो निर्देशक कपिल देव खतिवडा              

त्यसो त “नखुलेको आकाश खुलेर आयो” बोलको गजललाई केहि दिन अघि एक टेलिभिजन कार्यक्रममा कञ्चन शर्मा नाम बताउने रमा रेग्मि नाम गरेकि महिलाले आफ्नो सिर्जना भनेर वाचन गरेसँगै गजलकार प्राञ्जलको चर्चा एकाएक बढि सकेको छ ।

          gayaka     

                 गायक सजल न्यौपाने

वि.सं.२०५२ सालमा प्रकाशित गजल संग्रह “उहि बाढि उहि भेल”मा रहेको यस गजलमा संगित दिएर प्राण भरेका छन संगितकार सागर न्यौपानेले  भने संगित संयोजन रहेको छ सञ्जय ल्वागुनको। गायक  भक्तराज आचार्यले गाएको कालजयि गीत “सबै बेहोशी नशा पिएर, बिना पिएरै बेहोश छु म…”का समेत सर्जक रहेका प्राञ्जलले युट्युवमा भिडियोको रिलिज भएसँगै त्यसलाई सेयर गर्ने क्रममा गायक  सजल न्यौपानेले गाएका आफ्ना अघिल्ला गजलहरु “नखुलेको आकाश खुलेर आयो…” र “किन खानु झुटो कसम फेरि तड्ने भए” जस्तै यस गजलले पनि नेपाली गजल प्रेमिहरुको मन जित्ने विस्वास व्यक्त गरेका छन ।