New from Nepal

सुमो जिप खस्दा जिपमा सवार एकजनाको घटनास्थलमा नै मृत्यु…

हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको ना१ज २९५८ नंको सुमो जिप मंगलबार हेटौँडा–कुलेखानी सडकखण्डको हेबी भन्ने स्थानबाट करिब ६० फिट तल खस्दा जिपमा सवार एकजनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

मृत्यु हुने यात्रुको नाम, ठेगाना खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सो जिपमा यात्रा गरिरहेका करिब १० जना यात्रु गम्भीर घाइते भई थप उपचारका लागि काठमाडौँतर्फ पठाइएको प्रहरी नायब उपरीक्षक बामदेव गौतमले जानकारी दिएका छन् । रासस