फेरी गयो शक्तिशाली भूकम्प ! दार्चुलालाई केन्द्रबिन्दु….

२०७३ मंसिर १६ बिहीवार
NewsDesk ShikharNews

दार्चुला जिल्ला सदरमुकामदेखि १५ किलोमिटर उत्तर पश्चिम भूभागलाई केन्द्रबिन्दु बनाई ५.३ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ | जुन भूकम्प पश्चिम नेपालको यो बर्षकै सबैभन्दा ठूलो भूकम्प हो |

बिहिबार राति करिव १०:४५ बजे आएको भूकम्पको सुदुरपश्चिमका अधिकांश जिल्लामा धक्का महशुस गरिएको हो | त्यस्तै कर्णाली अंचलका पश्चिमी जिल्लाहरुमा पनि आजको भूकम्पको धक्का महशुस गरिएको छ | त्यस्तै नेपालको सुदुरपश्चिमसँग सिमानामा जोडिएका सिमावर्ती भारतीय जिल्लाहरुमा पनि धक्काको महशुस गरिएको छ |

गत बर्ष बैशाख १२ गतेपछी भूकम्पको पराकंप आउने क्रम अझै रोकिएको छैन तर आज दार्चुलालाई केन्द्रबिन्दु बनाई आएको भूकम्प भने पराकंप नभई नयाँ भूकम्प भएको भूकम्प मापन केन्द्रले साझा सबाललाई जानकारी दिएको छ |

नेपालको पश्चिमी भूभागलाई केन्द्रबिन्दु बनाई २०७३ सालमा मात्र ४ रेक्टर माथिको ८ ओटा भूकम्प गएको छ | जसमध्ये बझांगमा ५ पटक, कालिकोटमा १, बाजुरामा १ र दार्चुलामा १ (आज) रहेका छन् |

गत सोमबार पनि सोलुखुम्बु र रामेछापको सिमानालाई केन्द्रबिन्दु बनाई ५.६ रेक्टरको भूकम्पको पराकम्पन गएको थियो |