New from Nepal

राष्ट्रियताका कुरा…

सत्य मात्रै बोल्छ सधैं दारु लागे जस्तो
साँचै टाट पल्टेको भारु लागे जस्तो

खाडीमा पसिनाले मरुभुमी सिन्चिन्छ
असिनाले चुटियको आलु खाए जस्तो

सगरमाथा र बुद्धलाई पुकार्नेहरुले
कसम खाइ माटोको डलर पचाय जस्तो

राष्ट्रियताका कुरा गर्छ सिमा मिचेर
सिमा पारीको कुकुर कराय जस्तो

प्रस्तुति: बिजय तिमिल्सिना