सिन्धुली रामेछाप जोड्ने खुर्कोटको पुल निर्माण सुरु
२०८१ असोज २० आइतवार
पोर्चुगलमा यतिखेर थुप्रै नेपालीको रुवाबासी छ । वर्षौंदेखि आवाशिय र काम गर्ने भिसा, नियुक्ती पत्र र प्रवेशाज्ञा कुरेर बसेका नेपालीको अहिले बिजोग छ । गत सेप्टेम्बर महिनापछि त्यसरि भिसा वा अन्य प्रवेशाज्ञा कुरेर बसेका आप्रवासीलाई अब पोर्चुगिज सरकारले स्विकार नगर्ने निर्णय गरेपछि नेपालीहरु अप्ठेरामा परेका हुन् । पोर्चुगलमा पेपर कुरेर बसेका नेपालीको संख्या यकिन छैन । कम्तिमा ६ हजार नेपालीले पोर्चुगलमा आवाशिय अनुमति वा काम गर्ने भिसा कुरेर बसेका छन् । पोर्चुगिज सरकारको पछिल्लो निर्णयले ति सबैको बिजोग भएको छ ।
बिध्यार्थी भिसामा बेलायत गएर पढ्न नसकेपछि, खर्च नधानेपछि र आवाशिय भिसा नपाएपछि धेरै नेपालीहरु पोर्चुगलतिर गएका थिए । युरोपका अन्य मुलुकमा पर्यटकिय, बिध्यार्थी र अन्य भिसामा आएका नेपालीपनि ‘पोर्चुगलमा पेपर बन्छ’ भन्दै गएका थिए । शरणार्थी आबेदन दिएपनि युरोपका बिभिन्न मुलुकले अस्विकार गरेका नेपालीपनि उतै गएर भिसाका लागि आबेदन दिएका थिए । पोर्चुगलका नेपाली र पोर्चुगिज मानव तस्करले अनेक प्रलोभन दिएर ल्याएका र खेतिमा निश्चित समयकालागि मौसमी काम गर्न आएका नेपालीपनि आवाशिय भिसाको लागि आबेदन भरेका थिए । पोर्चुगल युरोप छिरेका सबैखाले नेपलीको लामो समयका लागि भिसा माग्ने चौतारी जस्तो बनेको थियो ।
भिसाकालागि आबेदन दिएका नेपाली लगायत अन्य देशका नागरिकको संख्या लाखौं लाख पुगिसकेको थियो पोर्चुगलमा । पोर्चुगलमा पेपर (आवाशिर र काम गर्ने भिसालाई नेपालीले पेपेर पाउने भन्ने गर्छन्) । त्यहाँ गएर नेपालीले सबैभन्द अपहिले सरकारलाई कर तिरेको कागज बनाउँथे । सरकारलाई कर तिरेको प्रमाण देखाउन काम गर्नुपर्छ । सहि तरिकाले काम नपाएपनि नेपालीले कुनै पसल, रेस्टुरेन्ट, घर वा अन्य कुनै ब्यवशायिक संस्थामा काम गरेको भन्दै काम गरेको पत्र बनाउँथे । नियुक्ति पत्र पोर्चुगलका ब्यवशायिक संस्थाले बनाइदिएबापत कम्तिमा पाँच हजार लिने गरेका थिए ।
काम गरेको नियुक्ति पत्र दिएर आफ्नो संस्थामा काम गरेको देखाएपछि सरकारलाई कर तिर्नुपर्छ । पोर्चुगलमा त्यो कर मासिक लगभग १९० युरो छ । त्योपनि नियुक्तिपत्र लिनेलेनै तिर्थ्यो । साँच्चिकै काम नगर्ने तर ब्यवशायीसित मिलेर नक्कली नियुक्तिपत्र बनाएर कर तिर्ने र पेपर लिने गर्दै आएका थिए नेपालीले । पोर्चुगलमा काम नपाइने र पाएपनि कमाई एकदमै न्युनतम हुनाले आवाशिय भिसा पाइसकेपछि अलि काम पाइने र पैसापनि कमाउन सकिने मुलुकतिर जाने गरेका थिए । हो यहि मेसो पाएकालेपनि पोर्चुगिज सरकारले अब भिसा नदिने निर्णय गरेको हो । सरकारलाई न्युनतम मात्रै कर तिर्ने, प्रशाज्ञा लिएरपनि पोर्चुगल नबस्ने र एक जनालाई गुजारा चल्ने सानो ब्यापार गर्ने पसल वा संस्थालेपनि पाँच छ जनासम्म कामदार छन् भन्दै नियुक्ति पत्र दिएर पैसा खाने गरेको मेसो पाएपछि पोर्चिज सरकारले कडाई गरेको हो ।
पोर्चुगलमा आवाशिय भिसाका लागि आबेदन दिनेहरुको संख्या लाखौं पुगेको थियो । गत सेप्टेम्बर देखि पोर्चुगिज सरकारले कसैलाईपनि भिसा दिएको थिएन । सबैलाई अल्झाएर र झुलाएर पर्खाएको थियो । गत हप्ता पोर्चुगिज सरकारको मन्त्रिमण्डलमा आप्रवाशी संवन्धि छलफल थियो । त्यहाँ छलफल भएपछि पोर्चुगलको मन्त्रि परिषदले अब आप्रवाशीहरुलाई आवाशिय भिसा नदिने, पर्खेर बसेकाहरुको पनि आबेदन अस्विकार गरि आप्रवाशीहरुलाई कडाई गर्ने निर्णय गरेको हो । गत सेप्टेम्बरपछि जतिपनि आप्रवाशीको पेपर बनेन अब तिनलाई पोर्चुगलमा बस्ने र काम गर्ने अनुमति नदिने निर्णय गरेकाले आफूले तिरेको कर फिर्ता लिन भनेको छ । आप्रवाशीका तर्फबाट आवाशिय र काम गर्ने भिसाका ल्ज्ज्गि लड्दै आएका कानुन ब्यवशायीहरुलाईपनि पोर्चुगलको आप्रवाशी मामिला हेर्ने मन्त्रालयले त्यहि जवाफ दिएको छ । पोर्चुगलमा अब आप्रवाशीहरु नचाहिएको, धान्नै नसक्ने भएको, रोजगारीको अवशरपनि नभएकोले आप्रवाशीहरुलाई अब नलिने निर्णय गरेको भन्दै मन्त्रालयले सर्कुलर गरिदिएको हो ।
यसबाट कम्तिमा पनि दश हजार नेपाली प्राभावित हुने त्यहाँका नेपालीले बताएका छन् । अब त्यहाँ पेपर नबनेपछि ति नेपालीको पेपर अन्य देशमापनि नहुने संभावना छ । किनकि पोर्चुगिज सरकारले ति सबै नेपालीका बारेमा युरोपका अन्य मुलुकलाईपनि जानकारि दिन्छ । तिनलेपनि स्विकार गर्ने छैनन् ।
श्रोत : नेपाल प्लस