दसैंलगत्तै कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइने !
२०८१ असोज २४ बिहीवार
पोर्चुगल । पोर्चुगल बसाईका क्रममा अवधिमा धेरै कुरा सिक्ने अवसर मिल्यो । सबैभन्दा बढी नेपालीलाई थप चिन्ने मौका मिल्यो । त्यसमा पनि यहाँका पत्रकार र उनीहरुले लेख्ने समाचार लेख्ने शैली चिन्न पाइयो । पोर्चुगल बाहेक अन्य युरोपियन मुलुकमा बस्ने नेपालीले पोर्चुगलमा बस्ने नेपालीलाई हेर्ने दृष्टिकोणका बारेमा थाहा भयो । भाषा र शुद्धाशुद्धि त परै जावस्, यहाँ समाचार लेख्दा कतैबाट केही पुष्टि गर्नु पर्दो रहेनछ, कसैलाई कोट गर्नुपर्ने रहेनछ । अरुलाई होच्चयाउने, घोचपेच गर्ने अनि भ्रम फैलाउने समाचार लेख्यो, फेसबुकमा पोष्ट गर्यो । अनि त्यही समाचार हिट हुँदो रहेछ, यहाँ यस्तै रहेछ ।
भाषा र शुद्धाशुद्धि त परै जावस्, यहाँ समाचार लेख्दा कतैबाट केही पुष्टि गर्नु पर्दो रहेनछ, कसैलाई कोट गर्नुपर्ने रहेनछ ।
आफै यो पेशामा भएकाले अर्को पत्रकारले लेखेको समाचारको खण्डन गर्नु त त्यति जायज नहोला तर, वास्तविकता के हो भन्नका लागि पनि यी पंक्तिहरु लेखिरहेको छु । सन्दर्भ हो एउटा अनलाइनमा छापिएर पोर्चुगलभरि भाइरल भएको एउटा भ्रामक समाचारको । उक्त समाचारमा पोर्चुगलको अध्यागमन पूर्ण रुपमा बन्द भएको, सेप्टेम्बरदेखि भिषा पूर्ण रुपमा बन्द भएको र कार्ड पाउने आशमा बसेका हजारौ नेपालीको बिजोग हुने भनिएको छ । त्यति मात्र होइन, पोर्चुगलको मन्त्री परिषद्ले अव आप्रवासीहरुलाई आवासीय भिषा नदिने, सेप्टेम्बरपछि पेपर नबनेकालाई आवेदन नै अस्वीकार गरी पोर्चुगलमा बस्ने र काम गर्ने अनुमति पनि नदिने निर्णय गरेको भनिएको छ र जसका कारण पोर्चुगलका सारा नेपालीको रुवाबासी चलेको भनिएको छ । जुन समाचारलाई कतैबाट पुष्टि गरिएको छैन, न कुनै समाचार श्रोतलाई कोट गरिएको छ । उक्त समाचारमा कुनै वास्तविकता नभएको भन्दै भ्रम नफैलाउन एनआरएन पोर्चुगलले सबैसित आग्रह गरेको छ । एनआरएन पोर्चुगलका अध्यक्ष भीम केसी कमलले केही अनलाइनमा आएको समाचारको जस्तो यहाँको अध्यागमन पूर्ण रुपमा बन्द नभएको बताए । उनले भने, पोर्चुगीस संसदको बिषयगत समितिमा छलफलको क्रममा रहेको कानून नम्बर २७-२००७ जुलाई संशोधनको प्रस्ताब पारित नहुन्जेलसम्म पुरानै व्यबस्था कायम रहने र अघिल्लो हप्तामासमेत ५-६ जनाले सेफमा रेसिडेन्सीको निम्ति फिङ्गर प्रीन्ट भएकोले सबैलाई विचलित नहुन र भ्रामक समाचारको पछि नलाग्न आग्रह गर्दछु । एनआरएनए पोर्चुगलका अध्यक्ष केसी, प्रवासी नेपाली मञ्चका उपाध्यक्ष रोवर्ट सम्बाहाम्फे, अन्तर्राष्ट्रिय नेपाली मञ्चका संयोजक धना शेर्पालगायत पोर्चुगलमा रहेका नेपाली संघ सस्थाका प्रतिनिधिहरुले यस्तो कुनै नियम नबनेको स्पष्ट पारेका छन् । त्यसैगरी, एनआरएन पोर्तुगलका प्रबक्ता हेमराज सुवेदीले पोर्चुगलमा रहेका नेपाली समुदायलाई यस्ता किसिमका समाचारमा कुनै सत्यता नभएकाले बिचलित नभैइ पोर्तुगिस कानुन अनुरुप नै हुने आग्रह गरेका छन् ।
समाचारमा कुनै वास्तविकता नभएको भन्दै भ्रम नफैलाउन एनआरएन पोर्चुगलले सबैसित आग्रह गरेको छ ।
साथै यस बिसयमा गत नोभेम्बरमा पोर्तुगिस संसदमा भएको छलफल तथा गतसाता सेफबाट जारी भएको विज्ञप्ती अनुसार पोर्चुगल भित्र प्रवेश गर्दा जेनुन ईन्ट्रास अथवा लिगल ईन्ट्री जरुरी हुने र रेसिडेन्सीको व्यापक चुहावट भएकाले यस बारेमा व्यापक अनुसन्धान आबश्यक परेको जनाएको छ ।
श्रोत : बासु सत्याल