गरीब प्रधानमन्त्री ‘प्रचण्ड’ धनी गृहमन्त्री ‘निधि’

२०७३ मंसिर २९ बुधवार
Shikhar News

काठमाडौँ, २९ मंसिर ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित ३१ जना मन्त्रीहरुको सम्पती विवरण बुधबार सार्वजनिक गरेको छ । जस अनुसार प्रधानमन्त्रीको सम्पती चितवनमा एक कठ्ठा जग्गा र तीन तोला सुन रहेको विवरण सार्वजनिक भएको छ । जग्गा पत्नी सिताको नाममा देखाइएको छ । दिवङत पुर्व प्रधानमन्त्री शुशिल कोइराला पछीको देस्रो गरीब प्रधानमन्त्रीको सुचीमा प्रधानमन्त्री ‘प्रचण्ड’ परेका छन ।

त्यसैगरी उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि मन्त्री परिषदकै धनी मन्त्रीको सुचीमा परेका छन । उनको विभिन्न बैंकमा सेयर, भक्तपुर र धनुषा जिल्लामा जग्गा एवम् सुन रहेको मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । कार्यालयका अनुसार गृहमन्त्री निधिको ६० तोला सुन, १५० तोला चाँदी र रु १० लाख ९६ हजारभन्दा बढी नगद छ । अर्का उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराको रोल्पामा आठ रोपनी जग्गा र एभरेष्ट बैंकमा रु ८० हजार रहेको उल्लेख गरिएको छ ।

स्वास्थ्य मन्त्री गगन थापाले सरकारलाई भुझायको सम्पती बिवरण अनुसार ४ हजार बैंकमा र ५ हजार नगद छोरी,आमा,बुवाको नाममा ४५ बढी कम्पनीमा शेयर रहेको उलेख गरेका छन् । श्रीमती अन्जनाको नाममा भने २० लाख बढी नगद छ । गगनले श्रीमतीको पेवा, दाइजो, पैत्रिक तथा स्वआर्जन सबै गरेर १६ तोला सुन, २०० तोला चाँदी र हिराका केही गहना रहेको उल्लेख गरेका छन् ।

काठमाडौंको रातोलुपमा घर तथा जग्गा छ । तर, दुबै घर उनको आमाको नाममा छ । सल्यान र सुनसरीमा जग्गा रहेको जग्गा भने उनका बुबाको नामा रहेका छन् ।