New from Nepal

संविधान शंशोधनलाई यथास्थितिमा राखी निर्वाचन गर्नुपर्छ : वरिष्ठ नेता पौडेल।

मंसीर ३०, चितवन। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान शंशोधनलाई यथास्थितिमा राखी झगडा नगरीकन स्थानीय तहको निर्वाचन गराउनुपर्नेमा जोड दिनु भएको छ। नेपाल प्रेस युनियन चितवनले भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारसंग कुरा गर्दै सो कुरा बताउनु भएको हो।

उहांले संविधानले संघीयता , लोकतन्त्र , गणतन्त्र सुनिश्चतता गरीसकेको भन्दै प्राप्त उपलब्धीलाई संरक्षण गरी निर्वाचन गराउनुपर्ने बताउनु भयो । ‘अहिले पुर्नसंरचना आयोगले राम्रो काम गर्न सकेको छैन उहांँले भन्नुभयो यसको बनोट पनि मिलेको छैन, यो बैज्ञानिक हुनु जरुरी छ, जनप्रतिनिधीहरु आएपछि सबै कुरा मिलाएर लान सकिन्छ’।

साथै उहांले शंशोधन भइरहेका बिषयलाई एमालेसंग विश्वास लिएर , अप्ठेरो परेका केही बिषयलाई रामा्रेसंग गृहकार्य गरी निकास निकाल्न सकिने बताउनुभयो ।

सुर्य प्रसाद अधिकारी
शिखरन्युज सम्पादाता
नारायणगढ्, चितवन

(Ambien)