New from Nepal

नेपाल आदिबासी जनजाति महासंघको महाधिबेशन भोलिबाट शुरु, प्रधानमन्त्रीबाट समुद्घाटन हुने।

पुष ०१, चितवन। नेपाल आदिबासी जनजाति महांसंघको नवौं महाधिबेशन भोली बाट शुरु हुने भएको छ । भरतपुरको बिरेन्द्र बहुमुखी क्याम्पसको खुला चौरमा हुन लागेको महाधिबेशनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल बाट हुन लागेको हो। महासंघले आज भरतपुरमा पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो।

महासंघले अहिलेको संविधान अपुरो र अधुरो रहेको भन्दै यसलाई शंशोधन गरीनुपर्ने र आदिवासी जनजातिका पहिचान र अधिकार सहितको मुद्धालाई सम्बोधन गरिनु पर्ने माग राख्दै यसलाई आन्दोलनका रुपमा मनाइने महासंघका केन्द्रीय अध्यक्ष नवीन्द्र कुमार कुमाललले जानकारी दिनुभयो।
कुमालले यस महाधिबेशनले समग्र देशभरीको राजनितीक दलहरुको ध्यान आर्कषण हुन सक्ने बिश्वास व्यक्त गर्नुभयो।

महाधिबेशनमा सहभागी हुन देशका ७१ जिल्ला र बिदेशबाट समेत प्रतिनिधि र पर्यपक्षेकहरु आउने महासंघका महासचिव पेम्वा भोटेले जानकारी दिनुभयो। महाधिबेशनले १९ कार्यसमिति चयन गर्नेछ भने देश तथा वाहिरबाट गरी जम्मा ४२२ जनाको सहभागिता रहने महासचिव भोटेको भनार्इ छ ।

नेपालमा आदिबासी जनजाति कुलसंख्या डेढ करोड रहेको छ । यसमध्ये सबै भन्दा बढी थारु र मगरको संख्या सत्र सत्र लाख रहेको छ भने सबै भन्दा कम संख्यामा कुसुण्डा जाति रहेका छन ।

सुर्य प्रसाद अधिकारी
शिखरन्युज, सम्पादाता