‘निसान’ को आयोजनामा अन्तर बिद्यालय एकल गायन प्रतियोगिता सम्पन्न

२०७३ पुस २ शनिवार
Shikhar News
Spread the love

 

१ पुस,काठमाडौं । राष्ट्रिय संस्थागत बिद्यालय संघ (निसान)ले आयोजनमा गरेको प्रथम काठमाडौ जिल्ला ब्यापी अन्तर बिद्यालय एकल गायन प्रतियोगिताको उपाधी श्री यन्त्र स्कुल मुलपानीका जीवन बडुले जितेका छन ।

चाबहिलको ए वान पार्टी प्यलेसमा भएको कार्यक्रममा द्वितीय स्थान बौद्ध चिल्ड्रेन हेभनका सुजन तामाङ , टाईमलाईन स्कुलकी अनुस्का राई तृतीय र सान्त्वना पुरस्कार इस्टपोल स्कुलका केसाङ शेर्पा र पाँच पोखरी स्कुलकी आकृती चौलागाईंले जितेकी हुन । राजधानीको ३० बिधालयको सहभागिता रहेको कार्यक्रमका बिजेतालाई नेपाल सरकारका स्वास्थ मन्त्री गगन थापा र निसानका अध्यक्ष ओम प्रसाद ढकालले मेडल तथा शिल्ड र प्रमाणपत्र बितरण गरेका थिए ।

प्रमुख अथिती स्वास्थ्य मन्त्री गगन कुमार थापाको  उपस्थितीमा गायिका लोचन भट्टराई र गायक सुर्य थुलुङ्को जजमेण्टमा कार्यक्रम सम्पन्न भएको थियो ।

‘निसान’ का महासचिप सौर्य आचार्यले सन्चालन गरेको कार्यक्रममा प्याप्सनका जिल्ला उपाध्यक्ष हरिकृष्ण श्रेष्ठ, एन प्याव्सन का जिल्ला अध्यक्ष चन्द्र प्रसाद आचार्य, हिसानका जिल्ला सचिव भवानी पौडेल र युवा पत्रकार सुदर्सन बजगाईले शुभकामना मन्तव्य रखेका थिए ।

मन्त्री थापाले हार जितलाई नियम मान्न र आगामी दिनमा अझै राम्रो गर्न,कार्यक्रमा उपस्थित बिद्यार्थीलाई हौसला दिदै आगामी दिनको लागि शुभकामना दिए ।

कार्यक्रमको मिडिया पर्ट्नर शिखर मिडियाले गरेको थियो ।