पुष २, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डले संघियता खारेज गर्ने प्रयत्नमा ठुलै दलका ठुलै नेता लागि परेको आरोप लगाउनुभएको छ। चितवनमा आजदेखि शुरु नेपाल आदिवासी जनजाति महासंघको नवौं राष्ट्रिय महाधिवेशनको उद्घाटनपछि मन्तव्य दिंदै प्रधानमन्त्री दाहालले आदिवासी, जनजाति, दलित, उत्पिडित तथा महिलाको ठुलो योगदानको उपलव्धको रुपमा रहेको संघिय लोकतान्त्रिक गणतन्त्र विरुद्ध ठुलै षड्यन्त्र शुरु भएको दावी गर्नुभयो।
‘संघियता खारेज गर्ने प्रयत्नमा ठुलै ठुलै पार्टीका, ठुलै ठुलै नेताहरुले खुले आम भन्न थालेका छन्, प्रधानमन्त्री दाहालले भन्नुभयो, आजपनि मिडियामा तपाईले हेर्नुभयो भने कता कता, यो संविधानै खारेज गरे त खेलै खतम भन्ने प्रचार शुरु भएको छ ।’ संघियता खारेज भनेको गणतन्तन्त्र पनि खारेज गर्ने भनिएको हो,गणतन्त्रको विरोध धर्म निरपेक्षताको विरोध भएको उहांँले बताउनुभयो। संघियतालाई कुनै न कुनै रुपमा खारेज गर्न र पुरानो एकात्मक सामन्ती सिद्धान्तलाई सिरानीमा राखेर परिवर्तनका मुद्धाहरुलाई उल्ट्याउने कोशिष भैरहेको समेत प्रधानमन्त्री दाहालको जिकिर थियो ।
सुर्य प्रसाद अधिकारी
शिखरन्युज, सम्पादाता