पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता माग गर्दैयुवा सङ्घ नेपाल र अनेरास्ववियुद्रारा प्रदर्शन…

२०७३ पुस ४ सोमवार
NewsDesk ShikharNews

काठमाडौँ, ४ पुस । पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग गर्दै आज युवा सङ्घ नेपाल र अनेरास्ववियुले प्रदर्शन गरेका छन् ।

मूल्यवृद्धि फिर्ताको माग गर्दै सङ्घले अपराह्न बबरमहलस्थित नेपाल आयल निगम कार्यालय घेराउ तथा अनेरास्ववियुले प्रदर्शनीमार्गस्थित आरआर क्याम्पस अगाडि प्रदर्शन गरेका हुनन् । बिनाकारण सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै फिर्ताको माग गरिएको सङ्घका अध्यक्ष पहारीले बताउनुभयो ।

अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि नभई निगमले भाउ बढाएको बताउँदै सङ्घले अविलम्ब फिर्ता नभए थप आन्दोलन गरिने चेतावनी दिनुभयो । सङ्घले मूल्यवृद्धि फिर्ता गर्नुपर्ने माग राख्दै कार्यकारी निर्देशक गोपाल खड्कालाई ज्ञापनपत्रसमेत बुझाएको थियो ।

यसैगरी अनेरास्ववियुले मूल्यवृद्धिको फिर्ताको माग गर्दै अपराह्न प्रदर्शन गरेको सचिव आरसी लामिछानेले जानकारी गराउनुभयो । निगमले आइतबार रातिदेखि पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर चार रुपैयाँ ५० पैसा भाउ बढाएको छ ।