New from Nepal

युवासंघ रुपन्देहीले दुर्गा तिवारीको हत्याको बिरोधमा ५ गते लुम्बिनी अञ्चल पुरै बन्द गर्ने !!

युवासंघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको बिरोधमा युवासंघ नेपालको आयोजनामा भोलि पौष ५ गते मङ्गलबार गुल्मी बन्द । बन्दमा यातायात, शैक्षिक संस्था, उधोग व्यवसाय सबै ठप्प रहने र साथमा भोलिदेखी अनिश्चितकालिन लुम्बिनी अञ्चल पुरै बन्द हुने पनि युवा सघ रुपन्देहीले जानकारी गराएको छ ।

तिवारीलाई आज अपराह्न रुपन्देहीको देवदह–८ मा अज्ञात समूहले गोली हानी हत्या गरेको हो ।

प्राप्त समाचार अनुसार दुर्गा तिवारीलाई गोली हान्ने ब्यक्ती अरु कोही अज्ञात समूह नभइ दुर्गा कै शाथी मनोज पुन रहेको श्रोतले बताएको छ ।

घटनाको अनुुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार तिवारीसँग निटक सम्बन्ध रहेकाहरुलाई टेलिफोन गरेर मनोजले ‘तिवारीलाई मैले गोली हानेको हुँ, अब तिमीहरुको पालो आउँदै छ’ भनेर त्रासदी सिर्जना गरेका हुन् सक्ने बताए ।
एसएसपी बस्नेतका अनुसार घटनामा संलग्न कोही पक्राउ परेका छैनन् ।

तिवारी र मनोज दुवैजना तत्कालिन युथफोर्समा कार्यरत थिए । युथफोर्समा रहँदा मनोज संगठनको आडमा पैसा उठाउँथे । तिवारीलाई उनको ब्यवहार चित्त बुझेको थिएन् । त्यसपछि तिवारीकै आग्रहमा मनोजलाई युथफोर्सले संगठनको साधारण सदस्य पनि नरहने गरी युथफोर्सबाट निष्कासन गरेको थियो । ‘मनोजल त्यहि रिसीवी साँधेका हुन् सक्ने’ जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एक इन्सपेक्टरले भने, ‘राजनीतिक प्रतिसोध कै कारण तिवारी माथी गोली प्रहार भएको बताए ।

समिप गौतम्
शिखरन्युज्, सम्पादाता