New from Nepal

भूकम्प प्रभावित जिल्लाका प्राविधिकद्वारा सामूहिक राजीनामा…

सरकारले आफ्ना मागहरू पूरा नगरेको भन्दै भूकम्पबाट अतिप्रभावित ११ जिल्लामा खटिएका केही प्राविधिकले आज सामूहिक राजीनामा दिएका छन् ।

इन्जिनियर, ओभरसियर र सवओभरसियरले सहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईका प्रमुख शिवहरि शर्मालाई आज सामूहिक राजीनामा पत्र बुझाएका हुन् ।

आन्दोलनरत इन्जिनियर कपिल रेग्मीले ११ जिल्लामा कार्यरत एक हजार ९०० प्राविधिकमध्ये एक हजार २०० ले सामूहिक राजिनामा दिएको जानकारी दिनुभयो ।

प्रोत्साहन भत्ता, बिमा सुविधा र कार्यालयको व्यवस्थापन हुनपर्नेलगायत माग राख्दै आफूहरुले चरणबद्ध आन्दोलन गर्दा समेत सरकारले सुनुवाई नगरेपछि बाध्य भएर राजीनामा दिनुपरेको उहाँले बताउनुभयो ।

प्राविधिकको राजीनामाले भूकम्पपछिको पुनःनिर्माण कार्यमा थप समस्या निम्त्याउने देखिएको छ ।

रासस