जनकपुरधाम, ७ पुस । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले संविधानलाई बचाउने उपाय चुनाव भएको बताउनुभएको छ ।
प्रेस चौतारी धनुषा नेपालद्वारा आज जनकपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले संविधानलाई बचाउने ढङ्गले चुनावको निर्णय गर्नु जरूरी भएको बताउँदै लोकतन्त्रको मुटु चुनाव भएकाले तीन तहको चुनावमध्ये कसको चुनावले संविधानको रक्षा हुन सक्छ भन्नेबारेमा एकताबद्ध भएर चिन्तन गर्नुपर्नै औँल्याउनुभयो ।
पूर्वप्रधानमन्त्री खनालले संविधान संशोधनको प्रस्ताव सत्तारूढ दलको मनोरञ्जन भएको आरोप लगाउँदै संविधान संशोधनबिना चुनाव गराउन सकिन्छ भन्नुभयो । “संविधान संशोधन सबैको सहमतिमा गर्नुपर्छ, सरकारले सहमतिका लागि प्रयत्न नगरेका कारण किचलो उत्पन्न भएको हो” उहाँले भन्नुभयो । नेता खनालले एमाले नीति, दृष्टिकोण र व्यवहारले कहिल्यै मधेस र मधेसी विरोधी नभएको स्पष्ट गर्नुभयो ।
रासस