New from Nepal

बिधुत लाइन काट्दा रु एक करोड उठ्यो

नेपाल बिधुत  वितरण केन्द्र, कावासोतीले बिधुत महसुल नतिर्ने ग्राहकको लाइन काटेर रु एक करोड १७ लाख ९४ हजार एक सय १५ असुल गरेको छ ।

पाँच महिनाको अवधिमा कावासोती केन्द्रले पाँचसय ६२ ग्राहकको लाइन काटेको छ । हुकिङ गरी विद्युत् चोरी गर्ने ६ सय ४९ जनालाई कारबाहीसमेत गरेको नेपाल बिधुत वितरण केन्द्र कावासोतीका प्रमुख उमेशप्रसाद यादवले बताउनुभयो । मिटरबाट चुहावट गर्ने ग्राहकबाट मात्रै रु ६ लाख नौहजार दुईसय ५७ असुल गरेको यादवले बताउनुभयो ।

बिधुत वितरण केन्द्र कावासोतीले आफ्नो क्षेत्रभित्र चुहावट कम गराउन अभियान थालेपछि अनियमित तरिकाबाट बिधुत प्रयोग गर्ने निरुत्साहित भएका छन् ।