सिन्धुली रामेछाप जोड्ने खुर्कोटको पुल निर्माण सुरु
२०८१ असोज २० आइतवार
पूर्वाञ्चलमा सुरु सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा सशस्त्र प्रहरीको एपिएफ र मध्यमाञ्चल विकास क्षेत्रले विजयी सुरुआत गरेका छन् ।
मोरङको वैजनाथपुरमा भएको पहिलो खेलमा एपिएफले मध्यपश्चिमाञ्चल विकास क्षेत्रलाई २६ रनले पराजित गरेको हो । पहिले ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १४५ रनको स्कोर तयार पारेको थियो । एपिएफका लागि सन्दीप सुनारले सर्वाधिक ५१ रन बनाएका थिए ।
त्यस्तै प्रदीप ऐरीले २९ र पारस खड्काले २६ रन बनाउन सफल भए । जवाफी ब्याटिङ गरेको मध्यपश्चिमाञ्चल विकासक्षेत्रले निर्धारित २० ओभर खेल्दै ६ विकेटको क्षतिमा ११९ रन मात्र बनाउन सक्यो । मध्य पश्चिमाञ्चलका लागि प्रनित थापाले सर्वाधिक ४० रन तथा अनुपम सिंहले २१ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोेहोरो अङ्क बनाउन सकेनन् । एपिएफका लागि पारस खड्काले ३ विकेट लिए ।
यस्तै आजै भएको अर्को खेलमा घरेलु टिम पूर्वाञ्चल विकास क्षेत्रलाई हराउँदै मध्यमाञ्चल विकास क्षेत्रले ४ रनले विजयी भएको छ । टस जितेर ब्याटिङ गरेको मध्यमाञ्चलले पूरै २० ओभर खेलेर ९ विकेट गुमाएर १२० रनको स्कोर तयार पारेको थियो । मध्यमाञ्चलका लागि जितेन्द्रसिंह ठकुरीले ३१, असल चौधरीले २७ र रातिक खानले २१ रन बनाए ।
पूर्वाञ्चलका लागि सन्दीप ढुङगानाले २, पुष्प थापाले २, फिरदोज अन्सारीले २ तथा महबुब आलम र प्रदीप पासवानले १÷१ विकेट लिएका थिए । जवाफी ब्याटिङमा उत्रिएको पूर्वाञ्चलले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा ११६ रन मात्र बनाउन सक्यो । पूर्वाञ्चलका लागि पुष्प थापाले १३, मेहबुब आलमले ८, मिनेष थापाले १७, राज थापाले १२ र विवेक यादवले १३ रन बनाएका थिए । मध्यमाञ्चलका लागि हसिम अन्सारीले ३ विकेट लिए । त्यस्तै रुपेस श्रीबास्तव २ तथा रसिद खान र सुशील डङ्गोलले १÷१ विकेट लिएका थिए । प्रतियोगितामा भोलि त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिमाञ्चल विकास क्षेत्र तथा नेपाल प्रहरी र पश्चिमाञ्चल विकास क्षेत्रबीच खेल हुनेछ । प्रतियोगितामा पाँच विकास क्षेत्र र नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका तीन विभागीय टोली गरी ८ टिमको सहभागिता रहेको छ ।
२०८१ असोज २० आइतवार
२०८१ असोज २० आइतवार
२०८१ असोज २० आइतवार
२०८१ असोज २० आइतवार
२०८१ असोज २० आइतवार
२०८१ असोज २० आइतवार
२०८१ असोज १६ बुधवार
२०८१ असोज १७ बिहीवार
२०८१ असोज २० आइतवार
२०८१ असोज १७ बिहीवार
२०८१ असोज १६ बुधवार
२०८१ असोज १९ शनिवार
हाम्रो टिम्:
राम के सि
समिप गौतम
प्रधान सम्पादक: उदय जिएम,
सम्पादक: हरेराम तिमील्सिना
बिज्ञापनको लागि सम्पर्क : marketing@shikharnews.com
Shikhar news is a collection of innovative and powerful news brands that deliver compelling, diverse and visually engaging stories on your platform of choice.... more details