दसैंलगत्तै कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइने !
२०८१ असोज २४ बिहीवार
नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले संविधान संशोधन प्रस्तावको कुनै औचित्य नभएको बताउनुभएको छ ।
सिरहाको लहानमा आज आयोजित नेकपा (एमाले)को २ नं प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा वरिष्ठ नेता खनालले साझा सहमतिका आधारमा बनेको संविधानलाई कार्यान्वयन गरेर देश अगाडि बढाउनुपर्ने बेलामा सरकारले संविधान संशोधनको प्रस्ताव दर्ता गराउनु गलत भएको टिप्पणी गर्नुभयो । “अहिलेको संविधानले मधेसी, पहाडी, हिमाली सबै जनतालाई बराबरी अधिकार दिएकाले संशोधनको आवश्यकता छैन” उहाँले भन्नुभयो ।
सो प्रशिक्षण कार्यक्रममा अर्का नेता माधवकुमार नेपालले सरकार आवश्यक नभएको संविधान संशोधन प्रस्ताव दर्ता गराएर निर्वाचन नगराउने खेलमा लागेको आरोप लगाउँदै तत्काल संशोधन प्रस्ताव फिर्ता लिएर निर्वाचनमा जानुपर्नेमा जोड दिनुभयो ।
दलका महासचिव ईश्वर पोखरेलले अङ्गीकृत नागरिकलाई राज्य र सरकार प्रमुख बनाएर नेपालका वास्तविक नागरिकको अधिकारलाई कुण्ठित गर्न नहुने बताउँदै संसारमा हुँदै नभएको अभ्यास नेपालमा लागु गर्ने प्रयास गरिए एमालेले कडा प्रतिवाद गर्ने बताउनुभयो ।
२०८१ असोज २४ बिहीवार
२०८१ असोज २४ बिहीवार
२०८१ असोज २४ बिहीवार
२०८१ असोज २४ बिहीवार
२०८१ असोज २४ बिहीवार
२०८१ असोज २४ बिहीवार
२०८१ असोज २१ सोमवार
२०८१ असोज २० आइतवार
२०८१ असोज २१ सोमवार
२०८१ असोज २३ बुधवार
२०८१ असोज २३ बुधवार
२०८१ असोज २२ मंगलवार
हाम्रो टिम्:
राम के सि
समिप गौतम
प्रधान सम्पादक: उदय जिएम,
सम्पादक: हरेराम तिमील्सिना
बिज्ञापनको लागि सम्पर्क : marketing@shikharnews.com
Shikhar news is a collection of innovative and powerful news brands that deliver compelling, diverse and visually engaging stories on your platform of choice.... more details