चितवनको सौराहामा जारी हात्ती महोत्सव अन्तरगत आजदेखि शुरु हात्तीका छावा विचको रोमाञ्चक फुटवल प्रतियोगितामा प्रभु बैंक फाईनलमा गएको छ । आज भएको खेलमा सिजी फुड्सलाई ३–० गोल अन्तरले पराजीत गर्दै प्रभु फाईनमा गएको हो । प्रभुका लागि पहिलो हाफको २ मिनेट मै सोमेसोर गजले पहिलो गोल गर्यो । सिजीका बाबुराम प्रसादले दोस्रो हाफको ११ औं मिनेटमा आत्मघाती गोल दिएपछि जित बलियो पारेको सिजीलाई दोस्रो हाफको १३औं मिनेटमा सिमसारकलीले गोल थपेको थियो । उत्कृष्ट प्रदर्शन हुँदा हुँदै सीजीबाट सहभागि हात्तीहरु निरिह बन्यो । १३,१५ मिनेटको खेल खेलाईएको थियो । ४ समुह सहभागि हात्तीको फुटवल अन्तरगत भोली बुधबार आर्मी मोटर्स र अर्घाखाँची सिमेन्ट विच प्रतिष्पर्धा हुने छ । भोलीको विजेताले आजको विजेतासँग फाईनल खेल खेल्ने छ । यता आज भएको हात्ती पोलो तर्फ कुमकुमा सेरामिक्स र व्ल्यू प्लानेट ३–३ गोल बराबरी भएपछि अंक बाँडेका छन् । कुमकुमका लागि अञ्जन पाण्डेले २ गोल र ठगुवा चौधरीले १ गोल गरे भने व्ल्यू प्लानेटतर्फ विनोद चौधरीले ह्याट्रिक गरेका थिए । यस्तै दोस्रो खेल म्याक्स प्ले विरुद्ध नेपाल स्पोर्टस् कल्चर युएसएले ३–२ गोलअन्तरले जितेको नतिजा प्रकासन समितिका संयोजक ऋषि तिवारीले जानकारी दिनुभयो ।
सुर्य प्रसाद अधिकारी
शिखरन्युज्, सम्पादाता