New from Nepal

चौथो राष्ट्रिय पोल्ट्री दिवस को तयारी तीव्र, विविध कार्यक्रम गरी मनाइदै।

यही पौष १७ गते चितवनमा हुन गइरहेको चौथो राष्ट्रिय पोल्ट्री दिवसको तयारीलाई तीव्र पारिएको छ। दिवसलाई सभ्य र भव्य रुपमा सफल पार्न विभिन्न कार्यक्रम गरी मनाइने आयोजक संस्था नेपाल कुखुरा व्यवसायी मञ्चले बताएको छ। जस अनुसार १६ गते बिहान जिल्लामा रहेका सरकारी अस्पतालाका बिरामीहरुलाई अण्डा बितरण गरिने , १७ गते बिहान पशु सेवा कार्यलय चितवनमा जम्मा भई, प्रभातफेरी गरीने, र पोल्ट्री क्षेत्रको बिकासको लागि नीतिगत गोष्ठी आयोजना गरिने आयोजकले जनाएको छ।

आज मञ्चले भरतपुरमा पत्रकार भेटघाट कार्यक्रम गरी सो जानकारी दिएको हो। पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कुखुरा व्यवसायी मञ्चका अधयक्ष एवं चौथो पोल्ट्री दिवसका संयोजक शंकर प्रसाद कंडेलले पोल्ट्रीमा बिदेशी लगानी भित्रिएको जनाउंँदै प्रोसेसिड.मा मात्रै बिदेशी लगानी भित्र्याइएपनि फार्मिङमा बिदेशी लगानी भित्रिए बिरोध गरिने जनाए। उहांँले बिदेशी लगानी भित्रिए, कुखुरा व्यवसायमा यान्त्रिकिकरण भई बेरोजगारी समेत बढ्ने दाबी गरे। हाल नेपालभर १ लाख२० हजार परिवारले प्रत्यक्ष या अप्रत्यक्ष रुपमा पोल्ट्री व्यसायमा रोजगारी पाएको उनले बताए। त्यस्तै अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष शिवराम के.सी.ले अण्डाको उत्पादन स्थिर भएको र माग उच्च रहेकाले अण्डाको मुल्य बढाउनु परेको बताए। उनले अण्डाको भण्डारण सुविधा प्रविधि नरहेको कारण पनि मुल्य बढ्ने जिकीर गरे। जिल्ला पशुसेवा कार्यालय, चितवनका प्रमुख डा. डिल्लीराम सेढांइले अव नेपाल १ बर्षमा अण्डामा , २बर्षमा दुधमा र ३ बर्षभित्र मासुमा आत्मनिर्भर हुने बताए। उनले पोल्ट्रीको प्रर्वद्धन र विविधकिरणको लागि पोल्ट्री दिवस मनाउदै आएको उल्लेख गर्दै पोल्ट्री क्षेत्रको बिकास, थप व्यवसायीकरण बनाउन सरकारले पोल्ट्री क्षेत्रको बर्गीकरण गर्न लागेको बताए। यस क्षेत्रलाई थप बिकास गर्न सके पोल्ट्रीजन्य उत्पादन निर्यात समेत गर्न सकिने स्पष्ट पारे। त्यस्तै ह्याचरी संघका अधयक्ष टीकाराम पोख्रेलले चौथो पोल्ट्री दिवस कार्यक्रममा चारवटा कार्यपत्र प्रस्तुत गरिने , रोगको अवस्था तथा पोल्ट्रीका बिषयहरुमा छलफल समेत गरिने बताए। कार्यक्रममा पोल्ट्री सम्बद्ध संघसंस्थाका पदाधिकारी ,बिज्ञ एवं व्यवसायीहरुको उपस्थिति रहेको थियो।

 

सुर्य प्रसाद अधिकारि
शिखरन्युज्, सम्पादाता