काठमाडौँ, १६ पुस । लागुऔषध नोफिनसहित एक युवकलाई प्रहरीले आज पक्राउ गरेको छ ।
रौतहट वसन्तपट्टीका सरोजप्रसाद पटेललाई प्रहरीले थानकोट, नागढुङ्गाबाट तीन हजार एम्पुल नोफिनसहित पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका निमित्त प्रमुख, प्रहरी उपरीक्षक प्रद्युम्नकुमार कार्कीले जानकारी दिनुभयो ।
सवारी साधनमा लुकाइ काठमाडौँ भित्र्याउन लागिएको सो लागुऔषध चेकजाँचका क्रममा बरामद गरिएको हो । सो सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।