प्रचण्ड किन जाँदैछन् ओलीको गृह जिल्ला ?

२०७३ पुस १९ मंगलवार
Shikhar News

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज एमाले अध्यक्ष केपी ओलीको गृह जिल्ला झापा जाँदैछन् ।

झापाको बनियानीमा प्रधानमन्त्री कृषि आधुनिकिकरण अन्तर्गत सुपरजोन धान क्षेत्रको उद्घाटन गर्न त्यहाँ जान लागेका हुन् ।

त्यस अगाडि उनी केही दिन अगाडी तेर्हथुमको संक्रान्ति बजारमा आगलागि पीडितलाई राहत बाड्न तेर्हथुम पुगेका छन् ।

दुबै कार्यक्रम सकेर मंगलबार अपरान्ह प्रधानमन्त्री काठमाडौं फर्कने कार्यक्रम छ ।