लोक दोहोरी गीत ” पापी संसार ” बजारमा

२०७३ पुस २० बुधवार
Shikhar News

नेपाली लोक तथा दोहोरी गीत संगीतको हिसाबको लोप हुँदै गएको बेला श्रीकृष्ण श्रेष्ठको प्रस्तुति ” लोक दोहोरी गीत ” पापी संसार ” भर्खरै बजारमा ल्याएको छ ।

सुपर हिट म्युजिक प्रा.लि. ले बजारमा ल्याएको यस गीतमा श्रीकृष्ण श्रेष्ठ र बिस्वरी देबी को सुमधुर स्वरमा सजिएको छ भने लय सुरज अधिकारी र शब्द सिर्जना श्रीकृष्ण श्रेष्ठको नै रहेको छ ।

बिगत केहि समय यता मात्र नेपाली लोक सांगीतिक क्षेत्रमा पाइला चालेको श्रेष्ठले यस अघि दशैंको अवसर पारेर एक दशैं विशेष लोक दोहोरी गीत बजारमा ल्याएका थिए, जस्को सफलताले उनलाई यस क्षेत्रमा निरन्तरता दिन हौसला मिलेको छ ।

फल स्वरूप श्रेष्ठ कै अर्को अब छिट्टै बजारमा आउने प्रस्तुतिको रेकडिंग कार्य काठमाडौँको अत्यन्त ब्यस्त रेकडिंग स्टुडियो ” मारुनी रेकडिंग स्टुडियोमा रेकर्ड हुने कार्य धमाधम अगाडी बढिरहेको जानकारी प्राप्त भएको छ ।

म तिमीलाई धेरै माया गर्छु तर तिमी भने अझै दोधारमा रहेकी छ्यौ , त्यसैले यदि मलाई साँच्चै माया गर्छ्यौ भने आफ्ना सम्पूर्ण त्यागेर मेरै समिपमा आउ , यस्तै भाबले बुनिएको यस भाकाको म्युजिक भिडियोमा गायक स्वयं श्रीकृष्ण श्रेष्ठ , प्रदिप सिंह थापा र ऋतु अधिकारीको रहेको छ ।

भिडियोलाई निर्देश मोडल स्वयं प्रदिप सिहं थापाले गरेका छन् भने छायांकन रोशन भाट र सम्पादन सुधन बस्नेतले गरेका छन् । लोक दोहोरी गीत ” पापी संसार ” को म्युजिक भिडियोलाई थापा श्री फिल्म्स प्रालिले निर्माण गरेको हो ।