युवासंघ र अनेरास्ववियुले काठमान्डौमा दशहजार बाईक र्यालि निकाल्ने:

२०७३ पुस २० बुधवार
Shikhar News
Spread the love

काठमान्डौ १९ पुस ः नेकपा एमाले निकट अनेरास्ववियु ,युवासंघ ,जिफन्ट , किसान महासंघ, खेलकुद महासंघ र अन्य  बिपक्षि ९ दलले काठमान्डौमा बृहत् मोटरसाईकल र्यालि गर्ने भएको छ । संविधान संशोधन बिरुद्द विपक्षि ९ दल द्वारा अायोजित कार्यक्रम लाई मध्यनजर गर्दै २१ गते १० हजार मोटरसाईकल एकसाथ निकालिने युवासंघका प्रबक्ता प्रभातबिक्रम कट्टवालले जानकारी दिए ।उपत्यका भित्र १० ठाँउमा कोणसभा गर्ने निर्णय बैठकले गरेको छ ।पुस २२ गते रत्नपार्कबाट मुल जुलुस सुरु भई सहर परिक्रमा गरि ३ बजे भृकुटीमण्डपमा अायोजना हुने बिरोधसभालाई ९ दलका पार्टि अध्यक्षले संबोधन गर्ने कार्यक्रम छ “।