बैंक त्यहाँ वित्तीय संस्थामा तरलता अभावका कारण घर जग्गा लगनीकर्ता निरुत्साहित !

२०७३ पुस २१ बिहीवार
Shikhar News Admin

२१, पुस, काठमाडौं । चालु आवको चार महिनासम्ममा बैंक तथा वित्तीय संस्थाले घरजग्गामा २ खर्ब ६९ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । यसमध्ये १ करोड रुपैयाँसम्मका आवसीय घर कर्जामा मात्रै १ खर्ब ५५ करोड रुपैयाँ लगानी गरेको देखिन्छ । १ करोड माथीका घरजग्गा कर्जामा भने १ खर्ब १४ अर्ब रुपैयाँ लगानी भएको छ । गत आव अन्त्य अर्थात असारसम्ममा भएको लगानीको तुलनामा ३३ प्रतिशतले वृद्धि हो । असारसम्ममा बैंक तथा बैंक तथा वित्तीय संस्थाले १ करोड माथीका घरजग्गा कर्जामा ८५ अर्ब रुपैयाँ लगानी गरेको राष्ट्र बैंकले प्रकाशित गरेको कात्तिकसम्मको तथ्यांकले देखाउँछ । बैंकहरुको यो अवधिमा भएको कुल कर्जा लगानीको आधारमा सबै किसिमका घरजग्गामा गएको कर्जा भने १५ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाले १७ खर्ब ९३ अर्ब रुपैयाँ कुल कर्जा लगानी गरेका छन् । १ करोड माथीका घरजग्गा कर्जामा मात्रै कुल कर्जाको ६ प्रतिशतभन्दा बढि लगानी भएको छ । पछिल्लो समय घरजग्गा कारोबारमा वृद्धि भएपछि बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा लगानीमा पनि वृद्धि भएको देखिएको छ । यता बैंक तथा वित्तीय संस्थाले सेयरमा ३९ अर्ब १८ करोड रुपैयाँ सेयर धितोमा कर्जा (मार्जिन लोन) दिएका छन् । बैंकहरुले ओभर ड्राफ्ट लोनबाट पनि घरजग्गा कर्जा र सेयर कर्जा प्रवाह गरेको आशंका गर्न थालिएको छ । अहिले घरजग्गा कर्जामा खेलोफड्को बढ्न थालेपछि पनि मूल्य आकासिएको र यसले वित्तीय क्षेत्रमा समेत संकट ल्याउन सक्नेमा विज्ञहरुले चिन्ता व्यक्त गर्दै आएका छन् । यद्यपी हाल भने बैंकहरु तरलता अभावको समस्यामा रहेकोले यी दुवै क्षेत्रको कर्जा प्रवाहमा केही कडाई गर्न थालिएको बैंकहरुले बताउदै आएका छन् । हाल बैंक तथा वित्तीय संस्थाले ८ देखि १५ प्रतिशतसम्म व्याज दरमा घरजग्गा कर्जा दिइरहेको उनीहरुको वेबसाइटले देखाउछ । बैंक तथा वित्तीय संस्थामा आयको तरलता अभावका कारण घर जग्गामा लगानीकार्ताको कारोवारमा कमी आउने आकलन गर्न सकिन्छ ।