New from Nepal

पूर्वराजाले छोरी प्रेरणालाइ दिएको दाईजो सरकारको नाममा आउने…

पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणालाइ दाईजोका रुपमा दिइएको भनिएको जग्गा नेपाल सरकारको नाममा ल्याउने गरी सर्वोच्च अदालतले फैसला सुनाएको छ । दाइजोका रुपमा दिइएको भनिएको १५ रोपनी जग्गा प्रेरणाका नाममा हुने भनि सर्वोच्चका तत्कालिन प्रधानन्यायधीश राम प्रसाद शाह र न्यायधीश चोलेन्द्र शमशेर जबराको संयुक्त इजलाशले गरेको फैसला आज उल्टिएको हो । प्रधानन्यायधीश सुशिला कार्की, न्यायाधीशद्धय दीपक कुमार कार्की र सपना प्रधान मल्लको पुर्ण इजलाशले नेपाल ट्रष्टको जग्गा प्रेरणालाई फिर्ता नहुने फैसला सुनाएको प्रवक्ता विश्वराज पौडेलले जानकारी दिनुभयो । अदालतको सो फैसला संगै प्रेरणाले दाइजो स्वरुप पाएको भनिएको जग्गा सरकारको नाममा आउने भएको छ । यसअघिको फैसला विरुद्ध नेपाल ट्रष्टको कार्यालय र भूमिसुधार तथा व्यवस्था मन्त्रालयको तर्फबाट महान्यायधिवक्तको कार्यालयले पुनरावलोकनको माग गरी निवेदन दिएको थियो । गणतन्त्रमा मुलुक गइसकेकापछि नेपाल सरकारले पूर्वराजा वीरेन्द्रको सम्पत्ति सरकारको मातहतमा ल्याएको थियो । आफ्ना बुबा तत्कालीन राजा ज्ञानेन्द्रले दाइजो बकस दिएको जग्गा सरकारी ट्रष्टमा राखिएको भन्दै प्रेरणाले सरकारविरुद्ध मुद्दा दायर गर्नुभएको थियो ।
श्रोत: कान्तिपुर दैनिक