अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको योग्यता, लगायतका विषयमा परेको रिटमाथीको सुनुवाई आज सकिने भएको छ । न्यायाधीश ईश्वर प्रसाद खतिवडा, आनन्द मोहन भट्टराई र अनिल कुमार सिन्हाको पुर्ण इजलासमा जारी सुनुवाईमा आज प्रतिवादीका तर्फबाट कानुन व्यवसायीले बहस सक्ने सम्भावना छ । प्रतिवादीको बहस सकिए निवेदकतर्फबाट जवाफी बहस सकिए सर्वोच्चले फैसला वा निर्णय सुनाउने मिति तय गर्नेछ । यसअघि हिजो भएको बहसमा लोकमानका तर्फबाट वरिष्ठ अधिवक्ता सुशिल पन्त, पुर्व महान्याधिवक्ता बाबुराम कुवर, महादेव यादव र सुरेन्द्र महतोले कार्की उच्च नैतिक चरित्रको भएको, पुनरावलोकनका लागि परेको मुद्दामा निस्साको आदेश दिनुपर्ने अवस्था नदेखिएको र आयोगका प्रमुख हुन योग्य भएको तर्क राखेका थिए । योग्यता नपुगेका व्यक्तिलाई अख्तियार प्रमुखमा नियुक्ती गरिएकाले बदर गर्न माग गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।
श्रोत: कान्तिपुर दैनिक
(Tramadol)