भिरबाट लडेर मृत्यु

२०७३ पुस २६ मंगलवार
NewsDesk ShikharNews
Spread the love

सल्यान ः बाने–३ बाबनघाट करासी स्थित झोलुंगे पुल बनाउने काम गर्ने कैलाली थापापुर–६ घर भएका ४५ बर्षीय भरथरी चौधरी र ४४ बर्षीय लामारी चौधरीको भिरबाट लडेर मृत्यु भएको छ । पुलको सामान लिनको लागि जाजरकोट छेडाबजार गई सामान लिई फिर्ता आउने क्रममा आइतबार बामे–३ बाबनघाट करासी भिरबाट लडेर उनीहरुको मृत्यु भएको थियो ।


तनहुँ ः मिर्लुङ–१ बस्ने २६ बर्षीय मदन राना भिरबाट लडेर मृत्यु भएको अवस्थामा फेला परेका छन् । आइतबार राति घरबाट हिडेका उनी घर फर्की नआएपछि खोजतलास गर्दा सोमबार घरदेखि ५ सय मिटर टाढा रहेको पहरे भिरबाट लडेर मृत्यु भएको अबस्थामा फेला परेका थिए ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।