New from Nepal

अछाममा अझै महिनावारी हुँदा ‘कडा बारना’

‘मैले महिनावारी रोक्ने औषधि खाएको छु, त्यसैले महिनावारी हुँदैन’ अछाम बरालाको जनप्रिय प्राथमिक विद्यालयकी महिला शिक्षक राजकलाकुमारी बटलाले यसै गरी झुटो नबोले विद्यालयभित्र प्रवेश नै पाउदिनन् ।


विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा अभिभावकले बेलाबखत ‘तपाईंको महिनावारी किन हुँदैन ?’ लगायतका अनावश्यक प्रश्नहरु सोधेर हैरान बनाउने गरेको उनको अनुभव छ ।

अछाममा अझै महिनावारी हुँदा ‘कडा बारना’ गर्ने र छाउगोठमा वस्ने चलन छ ।अछामका दुई नगरपालिका क्षेत्रमै छाउपडी प्रथा कायम छ । अछाममा पछिल्लो एक महिनामा दुई छात्राले छाउगोठमै ज्यान गुमाइसकेका छन् ।

‘महिनावारी भएको थाहा पाए भने विद्यालयमा आउनै पाइदैन, विद्यार्थीको पढाई विग्रन्छ’ बटालाले भनिन्, ‘बरु ढाटेरै भए पनि विद्यालय आउँछु ।’ आजको गोरखापत्र दैनिकमा समाचार छ ।