तीन लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका अदालतका कर्मचारीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट फिर्ता गर्ने कार्य कानुनसम्मत रहेको दाबी सर्वोच्च अदालतले गरेको छ।
सेवाग्राहीबाट अनियमितताको रूपमा लिएको रकमसहित अख्तियारले गत शुक्रबार ललितपुर जिल्ला अदालतका नायबसुब्बा श्यामप्रसाद अर्याललाई पक्राउ गरी हिरासतमा लिइसकेको अवस्थामा प्रधानन्यायाधीश सुशीला कार्कीको निर्देशनअनुरुप फिर्ता गरिएको थियो। उक्त प्रकरणलाई सर्वोच्चले विज्ञप्तिमार्फत कानुनसम्मत रहेको दाबी गरेको हो।
यो खबर हामीले आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ।