पोखराको लेकसाइडस्थित एक होटलमा आगलागी हुँदा तीन करोड रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
मंगलबार राति साडे १० बजेतिर बाराहीचोकस्थित ट्राई स्टार होटल एण्ड क्याफेबाट सल्किएको आगो थ्रीस्टार मनी चेञ्जर, क्रस रिभर र्याफ्टिङको कार्यालय र सनराईज वैंकको एटिएम मेसिनसम्म फैलिएको प्रहरी नायव निरिक्षक राम अधिकारीले जानकारी दिए ।
करिब दुई घण्टापछि आगो नियन्त्रणमा आएको थियो ।
ग्याँसको सिलिण्ड पडि्कएर भएको आगलागी नियन्त्रण गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय लागि परेका थिए । आगो नियन्त्रणका लागि पोखरा उपमहानगरपालिका र पोखरा एयरपोर्टको २ वटा दमकलको प्रयोग गरिएको थियो ।