काठमाडौं । बैतडीको सिल्लेडाँडा-खलङ्खा सडक निर्माण सुरु भएको ३० वर्ष भयो । तर तीस वर्षको अवधिमा ५ किलोमिटर मात्रै सडक बनेको छ ।
२०४३ सालमा निर्माण सुरु भएको उक्त सडक निर्माणका लागि आवश्यक बजेट बिनियोजन नुहँदा निर्माणमा समस्या भएको हो ।
सडक डिभिजन कार्यालयले गत वर्ष टेण्डर आहृवान गरेर उक्त सडकको ४० किलोमिटरमध्ये १४ किलोमिटर सडक निर्माण कार्य अघि बढाउन ठेकेदार सम्पनीसँग सम्झौता गरेको थियो । सम्झौताको अवधि आगामी असारसम्म मात्र रहेको तर निर्माण कार्यमा कुनै प्रगति नभएको स्थानीयको गुनासो छ । आजकोअन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
सरकारी कार्यालयको बेवास्ता र ठेकेदार कम्पनीको लापरबाहीले सडक निर्माण कार्य अघि नबढेको हो ।
यो सडक निर्माण भए बैतडीका १० भन्दा बढी गाविस सडक सञ्जालमा जोडिन्छ ।