प्रकाश योगी, काठमाण्डौं ।
पछिल्लो समयमा निकै चर्चाको शिखरमा रहेकी लोक दोहरी गायिका हुन जानकी तरमी मगर । उनको बजारमा सर्बजनिक भएको झम्के मायाले निकै चर्चा कमाई रहेको छ । गीतमा चर्चित गायक रामजी खाँड र जानकी तारमी मगरको रहेको छ भने शब्द एक नारायण भण्डारीको हो । रामेश्वर कार्कीको छयाङकन र बिस्णु शर्माको सम्पादनमा भएको म्युजिक भिडियो प्रकाश भट्टले निर्देशन गरेका हुन जसमा रामजी खाँड र पार्बती राईको नृत्य हेर्न सकिन्छ । गीत सनराइज म्युजिक प्रा.ली.ले बजारमा ल्याएको हो ।