ठूलो पार्टी काङ्ग्रेस प्रचण्ड्को पुच्छर !

२०७३ पुस २८ बिहीवार
Abishkhar Khanal
Spread the love

पोष २८, स्याङ्जा एमाले नेता, पूर्व मन्त्री महेश बस्नेतले नेपाली काङ्ग्रेस पहिलो पार्टी भएता पनि राष्ट्रिय राजनीतिमा प्रचण्डको पुच्छर बनेको आरोप लगाए।संबिधान संसोधन प्रस्ताव पास भए नेपालीले हार्छन फेल भए देशले जित्नेछन।तर पास भएनी फेल भएनी कांग्रेस चाहिँ हार्नेछ। गाउँ गाउँमा कांग्रेसका कार्यकर्ता अबको चुनावमा रुख हेरेर होइन के पी वोलीको मुखहेरेर एमलेलाई भोट हाल्छु भन्न थालेका छन। नेता बस्नेतले भने प्रचण्डले जसरी पनि संविधान संशोधन गर्ने रणनीतिका साथ कमल थापा र बिजय कुमार गच्छदारलाई उपप्रधानमन्त्रीको पद बाडन थालेका छन। कमल थापा र गच्छदार उपप्रधानमन्त्रीको श्याउलामा नलोभिन आग्रह गर्दै प्रचण्डको पछाडी रहेको हिन्दुस्थानी खुकुरी तपाईंहरुको गर्धनमा सोजिएको छ।भुइको टिप्न लग्नु भएको प्रचण्ड जी बगलिको बचाउनुस तपाईंको एक दर्जन भन्दा बडि सान्सद्ले बिद्रोह गर्दै छन। राष्ट्रिय एकता दिबसमा बिदा नदिएर माओबादीले राष्ट्र नाएक पृथ्वी नारायण शाहको अपमान गरेको र राष्ट्र एकीकरण अभियान ठूलो देशको राजा बन्न भनुन सामन्ती या एकात्मक राज्य बिस्तार जे भनी व्याख्या गरेपनी त्यो तीन सताब्दी पुरानो चेतनाको उत्कृष्ट र महान काम हो प्रचण्ड तेतिखेर जन्मेका भए पृथ्वीनारायण शाह्को अर्दली बन्ने पनि चेतना थिएन।