New from Nepal

पाइरेसीको चपेटामा ‘छक्का पञ्जा’ (फेसबुकको लिङ्क सहित)

नेपाली फिल्म उद्योगमा एक बाजि मार्न सफल् नेपाल् फिल्म  ‘छक्का पञ्जा’ यतिखेर पाईरेशी चपेटामा परेको छ ,  ‘छक्का पञ्जा’ हाल फेसबुक र युट्युबमा सार्बजनिक भएको छ । अहिले सम्ममा सो फिल्मलाई फेसबुक र युट्युभमा लगभग २ लाख ३२ हजार जनाले हेर्न भ्याईसकेका छन् ।

एक सय पचास दिन मनाएर बिदेशका बिभिन्न स्थानमा पर्दशनिको तयारीमा रहेको ‘छक्का पञ्जा’फिल्म यतिबेला सामाजिक सन्जालमा सार्बजानिक भएको छ  ‘छक्का पञ्जा’फिल्मलाई फिल्मकै सदस्यले आफैले सार्बजनिक गरेका हुन् या अरु कसैले चोरेर फेसबुकमा राखे, यस बारे आधिकारीक जानकारी भने अहिले सम्ममा आएको छैन ।
बिदेशीनु पर्ने युवा जमातको कथा र बिदेश गएकाहरुको घरपरिवारमा हुने विभिन्न प्रकारका क्रियाकलापहरुलाई पर्दामा प्रस्तुत गर्ने ‘छक्का पञ्जा’फिल्मलाई हाँस्यकलाकार दीपाश्री निरौलाले पहिलो चोटी निर्देशन गरेकी हुन् । फिल्ममा दीपक राज गीरी, केदार घिमिरे, प्रियंका कार्की, जीतु नेपाल, शिबहरी पौडेल, नर्मता सापकोटा,बुद्धी तामाङ लगाएतले म्यैन रोलमा अभिनय गरेका छन् ।
फिल्मलाई कलाकार दीपक राज गीरी, निर्मल शर्मा, केदार घिमिरे, सिताराम कट्टेल लगाएतले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

पछिल्लो समायमा कलाकार तथा निर्माता भुवन केसीको फिल्म ‘ड्रिम्स’, निर्देशक दिपेन्द्र के खनालको ‘पशुपति प्रशाद’ लगाएतका उत्कृष्ट फिल्महरु पनि पाईरेशीको मारमा परेका थिए ।

यसै गरि यस पाईरेशीको बिषयमा थप जानकारी लिन हामिले ‘छक्का पञ्जा’का निर्माता दिपक राज गिरी सङ्ग सम्पर्क गर्न खोज्दा उहा हाल बेल्जियममा रहेका हुनाले उहा सङ्ग पटक पटक सम्पर्क गर्दा समेत् कुनै प्रतिकृया नआएको र उहाको फेसबुक स्टाटसको आधारमा जानकारी पाउदा सम्भत् मिले भोलि नभए पर्सिबाट ‘छक्का पञ्जा’युट्युब् लगायत सामाजिक सन्जालका साइटबाट हट्ने र जो कोहिले यस्तो कार्य गरेको हो त्यो कारबाहीको फन्दामा पर्ने समेत जानकारी पायौ !!

यहा प्रस्तुत छ दिपक राज गिरीका सब्द उहाकै शैलिमा…

 

 

 

 

प्रस्तुति: समिप गौतम
शिखरन्युज