New from Nepal

राैतहटमा १ सय ६ बिघा सरकारी वन २६ जना व्यक्ति नाउँमा


कर्मचारीको मिलेमतोमा भूमाफियाले रौतहटको उत्तरी भेगमा पर्ने रंगपुरको सरकारी वन अतिक्रमण गरी १ सय ६ बिघा जग्गा व्यक्तिका नाममा दर्ता गराएका छन्।


जिल्ला वन कार्यालय, जिल्ला मालपोत कार्यालय, नापी विभाग, ५ नम्बर नापी गोश्वारा कार्यालयका कर्मचारीको मिलेमतोमा रंगपुर वडा नम्बर ३, ४ र ५ मा रहेको वनको जग्गा व्यक्तिका नाममा कायम गराएको फेला परेको हो। आजको नागरिक दैनिकमा समाचार छ ।

नापी विभागको आदेशअनुसार जिल्ला नापी कार्यालयले वनको जग्गालाई १ देखि २३ सम्म कित्ताकाट गरी जग्गाधनी स्रेस्ताका लागि २०७२ साल चैत ८ गते मालपोत कार्यालयमा पेस गरेको थियो।

मालपोतले स्वीकृति जनाएपछि वनको जग्गा विभिन्न २६ जना व्यक्तिको नाममा दर्ता भएको नापी कार्यालयमा अभिलेख छ।