छक्का पंजा को गीत “देखन चम्पा”ले झनै प्रिय भएका गीतकार तथा पत्रकार शान्तिप्रियको लेखन रहेको ‘म त माया गर्ने मान्छे’ बोल गीतको भिडियो रिलिज भएको छ ।
सार्वजनिक गीतमा संगीत सन्तोष श्रेष्ठको छ भने यसमा स्वर प्रमोद खरेलले दिएका छन् । सन्दिप शाही र अनामिका चौलागाईं फिचरीङ भएको यस गीतलाई निर्मल शर्माले निर्देशन गर्नु भएको हो ।
गीतमा सिनेमाटोग्राफी सुदिप बरालको छ भने टेकेन्द्र शाहले यसलाई सम्पादन गरेका हुन् । गीतलाई निर्माण कम्पनी छायाँछवि क्रियसनको युट्युब एकाउन्टमार्फत सार्वजनिक गरिएको छ ।रिलिज हुने तथा निर्माणको क्रममा रहेका थुप्रै चलचित्रहरूमा प्रियको गितहरू अउदैछन् , त्यसको अलावा थुप्रै गायक गायिकाहरूका एल्बमहरूमा समेत उनको रचनाका गितहरू समेटीएका छन ।