को १ झ २३५ नम्बरको गाडी मोरङ-सुनसरी सिँचाइँ आयोजना विराटनगरको हो। जिल्ला आउँने भिआइपीका लागि आयोजनाले यो गाडी छुट्टाइदिएको छ।
त्यसैले गाडीमा सेतो नम्बर प्लेट राखिएको छैन। सेतो रंगको अर्को पजेरोमा हरदम राष्ट्रिय झण्डा झुण्डाइरहेको हुन्छ। चालक दुखाराम चौधरी सफारी सुट र नेपाली टोपीमा तम्तयार हुन्छन्। आयोजनाको महंगो गाडी यहाँ आउने भिआइपी ओसार्न बाहेक अरू काममा प्रयोग गरिएको छैन। आजको नागरिक दैनिकमा समाचार छ ।
आफ्नो कामको लागि प्रयोगमा नआएपनि आयोजनाले मर्मतसंहार, चालक र इन्धन भर्दै आएको छ। भिआइपी आएको बेला एउटा गाडीले मात्र कहाँ पुग्छ र। स्कर्टिङका लागि साइरनसहितको प्रहरी गाडी चाहिन्छ। भिआइपीले कार्यकर्ता चढ्न सरकारी कार्यालयकै गाडी माग्छन्। ट्राफिकको गाडी कुदाइरहनु पर्छ।
उत्तीकै संख्यामा अन्य सरकारी सवारी साधन प्रमुख जिल्ला अधिकारीदेखि अन्य कार्यलयका हाकिमको गाडीको लस्कर देख्न पाइन्छ।