New from Nepal

रुद्र थापा र सुस्मा बि.के. ले भन्दैछन : ‘आउ आज वाचा गरि’

नयाँ गीत ‘आउ आज वाचा गरि’ बोलको गीत  गायक रुद्र थापा र सुस्मा बि.के. ले  भिडियो सहित बजारमा ल्याएकाछन ।

यसै हप्ता मात्र सार्वजनिक भएको गीतको भिडियोलाई सुरेश पाण्डेले निर्देशन गरेका हुन् भने शब्द रचनाकार धनराज महतोको प्रस्तुति रहेको उक्त गीतमा हरी लम्सालको संगीत र किरण तुलाधरको एरेञ्जिङ रहेको छ ।जाह्नवी बस्नेत र सुगमको बस्नेतको अभिनय रहेको भिडियोमा दिव्य सुवेदी र दिनेश वान्तवाको छायांकन रहेको छ भने निशा घिमिरेले भिडियोको सम्पादन गरेकी छिन् ।

प्रवासको व्यस्त दैनिकीका बाबजुद पनि गीत संगीतमा समर्पित थापाको यस अघि नै ‘क्षितिज’ नामक एकल सांगीतिक संग्रह बजारमा आइसकेको छ । युएईमा आयोजना हुने विभिन्न सांस्कृतिक कार्यक्रमहरुमा आफ्नो प्रस्तुति दिइसकेका थापा युएईका स्टेजमा रुचाइएका कलाकार मध्येका एक हुन् ।गुल्मीका स्थानीय बासिन्दा गायक थापा रोजगारीको सिलसिलामा विगत ३ वर्षदेखि युएईमा रहँदै आएका छन् ।

भिडियो हेर्नुस :