नेपालको संविधानले सहकारीलाई तीन खम्बे अर्थनीतिको रुपमा लिएको छ । तर यसको कुल गार्हस्थ उत्पादनमा कति योगदान रहेको छ भन्ने अभ्ययन समेत भएको छैन् । सन् २०१३ मा जारी भएको तीन बर्षे अन्तरिम योजना पत्रमा सहकारीको योगदान ३ प्रतिशत भनेर उल्लेख गरिएको छ । तर त्यो योगदानमा दुविधा नै भएपछि अर्थमन्त्रालयले यो तथ्यांकको चर्चा नै गर्न छाड्यो ।
‘त्यो समय सहकारीको यागदान ३ प्रतिशत मान्दा बैंक तथा वित्तीय संस्थाको प्रमाणित योगदान ४ प्रतिशत रहेको थियो, सहकारी र बैंकहरुको योगदानको तुलना कसरी हुन सक्थ्यो,’ अर्थमन्त्रालय एक स्रोतले भने । वास्तविक योगदान थाहा नहुँदा अर्थमन्त्रालयले पछिल्ला योजनामा सहकारीको योगदान १ प्रतिशतको हाराहारीमा हुनेछ भन्ने वाक्यांश लेखेर बचाव गर्न थालेको ती स्रोत बताउँछन् ।
सहकारीको वास्तविक योगदान पत्ता लगाउन नै भएपनि ‘सेटलाइट एकाउन्टिङ सिस्टम’को बिकास हुनुपर्ने उनले बताए । सेटलाइट एकाउन्टिङ सिस्टमबाट क्षेत्रको उपक्षेत्रहरुको पनि तथ्यांकहरु निकालन्छ र वास्तविक योगदान पत्ता लाग्ने उनी बताउछन् ।
‘सहकारीले रिपोर्टिङ गर्दा नै यो प्रणाली अपनाएमा वास्तविकता सजिलै देखिन्छ,’ उनले राय दिए । हाल कुल गाहस्र्थ उत्पादनको गणनामा कृषि र गैर कृषि क्षेत्रका कुल १५ क्षेत्रको गणना हुने गरेको छ । कृषि र बन, माछापालन व्यवसाय, उद्योग अन्र्तरगत खानी, उत्पादन, उर्जा (विद्युत्, ग्यास, पानी), निर्माण, सेवा अन्तरगत थोक तथा खुद्रा व्यापार शिक्षा लगायत १५ क्षेत्रको गणना हुने गरेको छ । हुनतः यस्तो क्षेत्रको रुपमा १७ वटा उपक्षेत्र किटान गरिएको छ तर दुई वटा क्षेत्रको योगदान निकाल्न तथ्यांक नै उपलब्ध नहुँदा ती क्षेत्रलार्य समावेश नै गर्न सकिएको छैन् । यता, यी कुनै पनि निश्चित क्षेत्रमा नपर्नेलाई विविध शिर्षकमा राखिने गरिएको छ ।
विविध शिर्षकबाट कुल गार्हस्थ उत्पादनमा २० प्रतिशत योगदान रहेको देखिन्छ । यसमा सहकारीका, पर्यटनका र जलविद्युत् जस्ता क्षेत्रका कतिपय उपक्षेत्र पनि परेको हुन सक्ने ती स्रोतको भनाई छ । सहकारी मात्र नभएर पर्यटन, जलविद्युतको समेत वास्तविक योगदान गणना हुन नसकेकोले पनि अर्थतन्त्रको वास्तविक आकारलाई प्रक्षेपण गर्न समस्या परेको उनले बताए । अहिले पर्यटनको योगदान ४ प्रतिशत हाराहारी भएपनि त्यसलाई वास्तविक योगदान मानन नमिल्ने उनले बताए ।
सरकारले महत्वका साथ अर्थनीतिको एक खम्बा भनेर घोषणा गरेको सहकारी सानो वा ठुलो कत्रो खम्बा हो भनेर यकिन गर्न पनि यसको वास्तविक योगदान पत्ता लगाउन पर्नेमा उनले जोड दिए ।