New from Nepal

दीपकराज गिरी भन्छन :मरेर जाने मान्छे मरेर गए तर म छिनछिनमा मरिरहेछु

छक्का पन्जाको आरोपइको आत्मा हत्या पछी जती बाहिर कुरा हरु आए तिनै कुराको आधारमा कलाकार दिपकराज गिरी यसो भन्छन :- नेपालीहरु संवेदनशील हुन्छन्। आत्महत्या नै सबै कुराको समाधान हो र सही र गलत नहेरी अर्को मान्छे पनि आत्‍महत्या गरेको हेर्न चाहनुहुन्छ र यसले पनि त्यस्तै घटनाको रुप लिन्छ भन्ने चाहनुहुन्छ भने म त्यस्तो गर्नेवाला छैन।


पक्कै पनि यो घटनाले मलाई दुःखी बनाएको छ। तर म, मेरो संलग्नता, मेरो टिमको संलग्नता बिल्कुल पनि छैन। र जति मैले उसलाई गाली गरेको हुँ त्यही प्रहरी चौकीमा गरेको हुँ। प्रहरीकै अगाडि मात्र भनेको हुँ। त्यो पनि उसलाई मात्र हैन चार जनालाई भनेको हुँ। चार जनालाई भन्दाखेरी चारै जना विद्यार्थी भएको कारणले उनीहरुलाई मैले छाडिदिएको हुँ। त्यसमा कहाँनिर मेरो अपराध भयो? कहाँनिर गल्ती भयो?

तर उता म्रितकका आफन्त र साथीभाईहरु आत्माहत्या नभई हत्याको भनिरहेकाछन माघ२ गते हत्यारालाई सजाय दिनुस् भन्दै बिद्यार्थीहरुले जुलुस पनि निकाले |

मृतकका दाजु हरि सुवेदीकाअनुसार घटना शंकास्पद देखिएकोले आत्महत्या नभै हत्या भएको छ । ‘भाइले घाँटीमा लगाएको सुनको सिक्री समेत छैन, अनि कोठाको ढोका समेत खुल्ला र सुसाईट नोटमा स्पगष्ट लेखिएको छ’ सुवेदीले भने । सुसाईट नोटमा समेत भाइको नै अक्षर भएकाले बारम्बार मानसिक तनाव, धम्कीको कारण यस्तो दुखद घटना घटेको उनको भनाइ छ ।

बाकी सुन्न भिडियो हेर्नुस 

https://youtu.be/v2EHr1TXPwI