New from Nepal

लोडसेडिङ हटाएपछि अब कुलमानको नजर ट्रान्सर्फमरतिर

लोडसेडिङका दुईवटा कारण थिएः एक- विद्युतको कालोबजारी, र दोस्रो- प्रसारण लाइन, पोल, तार एवं ट्रान्सर्फमरको गएगुज्रेको अवस्था । प्राधिकरणमा कुलमान घिसिङले नेतृत्व सम्हालेपछि ‘बिजुली चोर’ हरुको निद्रा हरण भइसकेको छ  र, अब दोस्रो चरणको सुधार योजना अन्तरगत प्राधिकरणका अधिकारीहरुको ध्यान विद्युतको वितरण प्रणालीमा सुधार ल्याउनेतिर केन्द्रित हुन थालेको छ ।

नेपाल विद्युत प्राधिकरणले वितरण प्रणालीमा सुधार ल्याउनका लागि थप १० हजार थान नयाँ ट्रान्सर्फमर जोड्ने भएको छ । देशलाई लोडसेडिङमुक्त बनाउने अभियान सुरु भएसँगै अबको दुई वर्षभित्र १० हजार नयाँ ट्रान्सर्फमर जडान गर्ने योजना बनाइएको हो ।


वितरण प्रणालीमा अत्यावश्यकीय सुधार एवं विस्तारका लागि थप १० हजार ट्रान्सर्फमर जडान गर्ने योजना बनेको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए । विभिन्न चरणमा गरेर ट्रान्सर्फमर खरिद गर्न लागिएको उनले बताए ।