गायक संगीतकार रचनाकार नवक्रिश पंचकोटि बिभिन प्रतिभावान गायक संगीतकार हुन । उनि लन्डन को स्कटल्यान्ड मा बसेपनी उनि नेपाली गीत संगीतलाई अशाध्यै माया गरेर ऐले हालै “पठाएको छु फूल” गीतको म्यूजिक भिडियो सार्बजनिक गरेकाछन।
सो गीतको म्यूजिक भिडियो अस्ट्रेलियामा छायांकन गरिएको छ । यसमा संगीत कम्पोज रूपक कुमार शाहीमोडाले गर्नुभएको छ भने आवाज नव क्रिश कै रहेको छ । भिडियो मा अभिनय पुजा पंचकोटि, डेभिड बमन र अति गौरीकरले गरेका छन भने सो भिडियोलाई निर्देसन पुजा पंचकोटि र बयारोंन बर्नरले गरेका हुन । गायक नबक्रिश अस्ट्रेलियामा बसेपनी नेपाली गीत संगीतलाई माया गरी रहेका छन ।उनले नेपाली चर्चित गायिकाहरू अन्जु पन्त इन्दिरा जोसि जुना प्रसाइ अन्जना गरूङ संग पनी सहकार्य गरेर ३ वटा एल्बम सार्बजनिक गरिसकेका उनि गाउन मात्रै नभइ रचना र संगीत पनि अब्बल मानिन्छन । उनि लन्डनमा हुने बिभिन्न सांस्कृतिक कार्यक्रममा बाक्लै सहभागी भएको पाइन्छ उनि बिदेशी कलाकारहरू संग पनी मिलेर संगीत संम्बन्धी सहकार्य गरेको पाइन्छ।
गायक नवक्रीश लन्डन को स्कटल्यान्डमा बस्दै आएकाछन। गीतको भिडियो छायांकन अस्ट्रेलिया र यूकेमा गरिएको हो ।
https://youtu.be/OgSI44rWUN8