आभास

२०७३ माघ ५ बुधवार
NewsDesk ShikharNews


बिहानको सिरेटो धुम्म लागेको कुहिरो चिरेर निस्किएको घामको किरण झै प्यारो भै सकेको छ आभास । आभास अर्थात ऊ । साच्चै नाम झै मायाको मीठो आभास दिलाउन ऊ सफल भएको थियो मेरो मनमा ।
अझै याद छ ऊ संगको पहिलो भेट, फिल्मि स्टाइल मा भएको थियो हाम्रो भेट । म कलेज जान हतार गर्दै दौडिरहेको थिए ऊ पनि हतार मा थियो सायद ऊ पनि कलेज लेट भएकोमा हतारमा थियो । म रोड क्रस गर्नै खोज्दा ऊ म संग ठोकियो मेरो हातमा रहेको अकाउन्टको बुक भुइँमा खस्यो अनि उस्ले नि टिप्दिन खोज्नु र मैले नि मेरो झरेको बुक टिप्न खोज्दा फेरि हाम्रो टाउको ठोकियो । सानै देखिको मान्यता एक चोटि टाउको ठोकिएसी फेरि अर्को पटक टाउको दोहोर्याएर ठोक्नै पर्ने । मैले नि उस्को टाउको ताने र फेरि दोर्होयाएर टाउको ठोकाए । ऊ अक्कन बक्क भएर ट्वाल्ल मलाई हेरिमात्र रह्यो मलाई हतार थ्यो कलेज लेट भकोमा म हतारिएर कलेज तर्फ लागे । ऊ टंगालमा बस्ने म भाटभटिनी ऊ टाइम्स कलेज म किस्ट त्यहि भएर पनि होला उस्को र मेरो दिनहु टंगालको गणेश मन्दिर छेउ भेट हुनथाल्यो । ऊ टाउको ठोक्काकोले होला उस्ले बाहाना पाइहालेछ देख्योकी मितिनी भनेर जिस्काइरा हुन्थ्यो म नसुबेझै टुइटुइ हिन्दिन्थे । ऊ भगवती मन्दिर सम्म संगै हुन्थ्यो त्या बाट म चारढुंगे हुँदै म भित्रको बाटो कलेज जान्थे ऊ सिधै टाइम्स यसरी चलेको सिलसिला एक दिन म कलेज जाँदै थिए र ऊ पनि सधै भेट हुदा बोल्ने मौका खोजिरहने आभस बोल्ने मौका मिलाएछ । म मंगलबारको व्रत बस्ने कुरा उस्ले अघिल्लो मंगलबार टंगालको गणेश मन्दिरमा पूजा गरेको देखेर ऊ पनि कैले मंगलबार आउँछ र बोल्ने बहाना खोजौ भैरहेको रहेछ भन्छन नि के खोज्छस कानो आखो भनेझै ऊ पनि मंगलबारको दिन नुहाएर गणेश को दर्शन गर्न आएछ मौकामा चौका हान्न ।

म पुजा गरेर हिन्नै लाग्दा मेरै छेउमा एउटा केटा कलेज ड्रेसमै एकाग्र भएर पूजा गरिरा देख्दा छक्कै परे नपर्नु पनि कसरी ? आज सात बर्ष भो यसरी पूजा गर्न आएको यस्तो उमेरको केटा देखेको पनि थिइन देखेको थिए त केवल श्रीमान श्रीमती आएर पूजा गरेको चै देखेकी थिए । म हेरिरहेको थि ऊ मानौ मलाई देखेकै थिएन झै एक भक्त भएर पूजा मै ब्यस्त । म एकोहोरो उस्को नौटंकी हेरिरहेको थिए । उस्को पूजा सकियो, पूजा गरेसी टीका लाउनुपर्छ खाली निधार राख्नु हुन्न भन्दै टीका लाइदियो म एकोहोरै भैरहेकी रहेछु प्रतिकार गरिन उस्ले मलाई नि टीका लाइदेउ भन्दा झसङ्ग भएछु केही नभनी मैले पनि लगाइदिए अनि आफुले ल्याएको लड्डु बाडेर खायौ । अब त सहज भएछ क्यारे ऊ बर्सौ पुरानो साथी झै नजिकिएर बोल्न लाग्यो । सधै कलेज जाने एउटै समय एउटै बाटो र एउटै बिषय पनि रहेछ । ऊ बिस्तारै मलाई कलेज सम्म पुर्याउन जान थाल्यो । ऊ संग आकर्षित हुनुको मुख्य कारण ऊ दायाँ बायाँ भन्दा सधै पढाइ कै कुरा गथ्र्याे आज के पढ्यौ आज के के को नोट बनायौ ? एकदिन कलेज नजादा किन कलेज नआको ? त्यहि पढाईको किरो मेरो मन को हिरो भैसकेछ थाहै नपाई । त्यसपछि मोबाईल नं. मात्र हैन मनै साटिसकेछौ थाहै नपाई ।
ऊ नोट बनाएर मलाई दिन्थ्यो र मेरो नोट नि लग्थ्यो । उस्को पढाई संगको लगाबले मलाई नि पढ्न उत्प्रेरित गराएको थियो । भन्छन मान्छेहरु मायामा परेपछी पढाई बिग्रन्छ भनेर तर मेरो सब्दर्भमा त ठ्याक्कै उल्टो भएको थियो । टर्मिनल एक्जाममा हाम्रो कम्पिटिसन झै हुन लाग्यो लाजले हो या उस्को खुशीको लागि हो सधै उस्को भन्दा पढी नं ल्याउन थालेछु । म पढाइमा मेडिएम स्तरको बिधार्थी उस्को संगतले म अब्बल हुन लागेछु । म धेरै बोल्न मन पराउने नबोली बस्नै नसक्ने खाल्को बानी उस्कै संगतले म बोल्न भन्दा धेरै सुन्न थालेछु ।
एकदिन को कुरा हो शनिवारको दिन थियो मैले उस्लाई भने आज आर.आर. कलेज जाउन त्या एउटा कार्यक्रम छ धेरै साथीहरुले बोलाइरहेका छन् जाउन प्लिज भनेर कर लगाएपछी ऊ पनि जान तयार भो प्राय आर.आर.मा शनिवार दिउँसो ३ बजे साहित्यिक कार्यक्रम हुने कार्यक्रम हामी पछाडी सिटमा थियौ त्यहा थुप्रै साहित्यकारहरुको भेला थ्यो सबैले आ–आफ्नो लेख रचना सुनाउनु पर्ने उस्को पालो आयो उस्ले त लेख्दैन भन्नै लाग्दा ऊ उठेर गयो अगाडि र फेरि अर्को चकित बनाउने गजल सुनायो म तीनछक्क परे मलाई उस्ले कहिले सुनाएको थिएन त्या उस्ले सुनाको गजल यस्तो थियो कि म उस्को प्रत्येक शब्दमा आफुलाई भनेको महसुस गर्थे । उस्का गजल यस्तो थियो ।
“नजर बाणले हान्यौ र पो माया लाग्छ धेरै ।।
अंगालोमा बानेउ र पो माया लाग्छ धेरै ।।
लड्न खोज्दा हात अनि प्रत्येक पलमा साथ पनि,,
तिम्ले आफ्नै ठानेउ र पो माया लाग्छ धेरै ।।
रिसाएर तिमी बाट टाढा जानै लाग्दा खेरी,,
झनै नजिक तानेउ र पो माया लाग्छ धेरै ।।
दिलको बदला दिल अनि चोट्को बदला चोट भन्छन,,
माया गर्न जानेउ र पो माया लाग्छ धेरै ।।”
साच्चै उस्को अन्त शेरले भनेझै उस्ले माया गर्न जान्यो र पो माया पायो धेरै मनमै सोचे । उस्ले यति राम्रा गजल कोर्दो रहेछ तर मलाई कहिल्यै सुनाएन मनमनै मुर्मुरिए । अनि बोलिन एकछिन मेरो पालो आयो त्यो दिन सन्चो छैन अर्को पटक दुईवटा सुनाउछु भनेर बाहाना बनाए । उस्ले सायद मेरो आसय बुझिसकेको थियो बाहिर आएपछी सरि सर्प्राइजमा झनै मज्जा हुन्छ भनेर भनेर बहाना बनायो । त्यस पछिका दिनमा पहिलो श्रोता वा पाठक मै हुन लागे ।
आज माता तिर्थ औशी
सबैको फेसबुकको बाल आफ्नी आमाका तस्बिरले रंगिएको थियो । हामी पनि त्यो कुरा बाट अछुत हुन सकेनौ मैले नि मेरो फेसबुक को भित्ता मा मेरि आमा को तस्बिर टासेको थिए र उस्लेपनि ऊ मेरो आमा र म उस्को आमाको तस्बिर देखेर एकछिन अक्क न बक्क भयौ । लुगा एकै रंगको भएको भए सायद हामी नै झुक्किन्थेउ होला । उस्ले भन्यो हाम्री आमाहरु एकै रुप को भएर पो हाम्रो मनको कनेक्सन जोडिएको रैछ । म झै पनि झुक्की राथे अरु फोटो नि पठाउ त तिम्रो आमाको भने उस्ले पठायो अनि बल्ल लामो सास फेरे किनकी मेरी आमा र उस्को आमामा केही फरक थिएन । दिनहरु हाम्रो रमाईलै तरिकाले बितिरहेका थिए । दशै नजिकिरहेको थियो।बजार तिर दशैको चहलपहल मज्जाले लागिरहेको थियो । उस्ले भन्यो यसपाली दशैमा मामा घर जाने अनि मैले सोधे मामा घर का हो ? उस्ले भन्यो पथरी मैले नि यसो सोचे मेरो मामा घर नि उतै हो संगै जाउन हुन्न ? बरु ईलाम घुमौला मामाघरको बाहानाले, ऊ पनि खुशी भयो हाम्रो प्लान अनुसार हामी मामा घर दशैको भोलिपल्ट अर्थात एकादशीको दिन जानेभयौ । ऊ चपुर बाट मेरो लागि नि सिट रोक्यो र म सर्लाही हरिओन बाट हुइकियौ पथरी बाटोमा सप्तकोशीमा एक्छिन गाडी रूकायो हामिली त्यहा नि सेल्फी र केही फोटा लिहालेउ हामी दुबै फोटो खिच्न भनेपछी खाना खान नि भुल्ने, त्यसपछी यसो सोचेउ मामा घर आज पुगेर नि के गर्नु टीका लाईदिदैनन् एकादशी भनेर बरु धरान बुढा सुब्व र भेडेटार घुनेर बेलुका फर्किउला भन्ने सोचेर इटरी बाट हाम्ले यात्रा मोडेउ ।
धरान बुढासुब्बाको बाँसमा धागो बानेपछी र नाम लेखेपछी सम्बन्ध पनि कसिलो र बाँसमा खोपेको नाम झै अमर हुन्छ रे त्यसैले दुबैले त्यो मौका छाडेनौ, अनि बुढासुब्बा मन्दिर भित्र चिहाएर हेरेउ माटोको ढिस्को देखेउ तेस्की बारेमा बुझ्न खोज्दै थिए कोहि ज्ञाता नभेटेर तेसै भेडेटार तिर लागेउ । भेडेटारको त्यो शुन्दर दृश्यले तेतै राख्ला झै बनायो तर मामा घर पुग्नै पर्ने भएकाले हामी फेरि भोली ईलाम जाने शर्तमा पथरी तर्फ लाग्यौ ।
मामा घर म सानो छदामात्र गएकोले खासै मामा घरको आमाको फोटो ममि संग भएकोले आमालाई मात्र चिन्दथे अरु कसैलाई चिन्दिनथे । मेरि कान्छी सानिमाको घर मामा घर छेउ भएकोले सानिमाकी छोरीको नं ममिले दिनुभएकोले सानिमाकी छोरीलाई फोन गरेर पथरी चोकमा बोलाएकी थिए । उस्लाई नि अनुहारले म चिन्दिनथे तर फोनमा यस्तो लुगा लाकी छु र उस्ले मेरि ममिलाई देखेकी हुनाले ममि हेरि मलाई हेर्न पर्दैन भनेपछी, ऊ म त्यो पुग्न भन्दा पहिले मेरो पर्खाइमा रहिछ । म झर्न साथ उस्ले गेस चै गरेकी थिरे । म झरे ऊ हिडिहाली भनेकोले झर्न साथ फोन गर्न मन लागेन तर आभासले उस्को मामा घरमा फोन गरेको थिएन । ऊ प्राय जान्छ रे मामा घर सायद तेसैले होला ऊ सर्प्राइज दिन्छु फोन नगरी जाने भन्दैथ्यो । तर मेरी बहिनी अर्थात कान्छी सानिमाकी छोरी लिन आईन आभासको कान्छी सानिमाकी छोरी चाहिँ सम्योगले त्यहा भेट भयो आभास गाडीबाट झर्दा नझर्दै दादा भन्दै एउटी केटि दौडदै आई म पनि आभासलाई नचिनेझै अलि पर अन्जान झै बसिराथे । तेत्तिकैमा आभासले उस्लाई सोध्यो निरु काता आकि यति साँझ ह ? म छेउमा बसेर उनिहरुको कुरा सुनिमात्र रहेको थे । उस्कि सानिमाकी छोरीले भनी हाम्रो ठूलो ममिको छोरी आउदै हुनुन्छ रे उहालाई लिन आको । मेरो मुटु कताकता ढड्की रहेको थियो कतै मेरि सानिमाकी छोरी यै त हैन ? अह हैन यो हुनै सक्दैन । उस्ले फोन झिकी र फोन गरि फोनको रिंग मेरै मोबाईलमा बज्यो । म छाँगा बाट खसेझै भए । एकातिर गोधुली साँझ अनि त्यो माथी मेरो जीवन मै अधेरो औशिको रात झै भयो । मेरो ओठ मुख सुक्यो उता आभासको अनुहार तेसै त कालो झन त्या माथी अफ्रीकन मुलुकको मान्छे भन्दा फरक नपर्ने झै भएको थियो ।
उस्ले मेरो मोबाईलको घण्टी बजेपछी पछाडी फर्की र भनी ल दादा र दि एउटै बसमा आउँदा नि चिन्नुभएन ? दादा हाम्रो सीता ठूलो ममिको छोरा त होनि अनि उहाँ चै तारा अन्टिको छोरी । मैले फर्मालिटी थपिदिए नमस्कार गरेर अनि भने चाडै जाउ मलाई एकदम थकाई लाग्या छ । हामी दुबै जना मौन निरुले भनी छ्या दादा त पैला आउदा कति बोल्नुहुन्थ्यो हसाउनु हुन्थ्यो आज के भो राम्ररी बोल्नु नि भको छैन उस्ले भन्यो हैन बस को ह्याङोभर होला । फेरि मलाई सोधि दि हजुर किन मामा घर आउदानी आउनुहुन्न किन ? मैले भने नआको भा आज के मेरो भुत आको हो त ? ऊ मात्र हासी, मलाई लागिराथ्यो उस्को प्रश्न म जागिर खानको निमित्त जागिर दिबे मालिकले प्रश्न गरिराछ र म भलाद्मी भएर प्रश्नको उत्तर दिइरहेकी छु सायद आभासले पनि मैले गरेझै आभस गरिरहेकोथ्यो । हामी त्यो दिन मामा घर नगएर सानीमा कै घरमा बसेउ मैले जिउ दुख्यो टाउको दुख्यो भन्ने अनेक बाहाना बनाएर ओछ्यान तताए तर जति बल गरेपनी निन्द्रा देबिलाई बोलाउन सकिन रात भर छटपटमै बित्यो । भोलि बिहान नै नहोस झै भएको थ्यो । कसरी आभासको मुख हेरौ अब के भन्नू ? दाइ या…मनले अनेक सोच्न लाग्यो । रात पछि दिन आउँछ त्यो आउने नै थियो बिहानी तर बिहानी सुनौलो किरण लिएर आयो होला सबैलाई तर मलाई त्यो बिहानीको किरणले पनि भत भत पोल्दै थियो । सानो ममिले चिया पकाउदै तल बाट चिच्याउदै हुनुन्थ्यो हैन यो अहिले सम्म उठेकी छैन ? ओइ मामा घर जान दाजु तयार भैसक्यो त भने अझै सुतिराकिछेस ? म कसरि देखाउ सानिमालाई मेरो मन मा मडारिएको कालो बादल ? हामी तीन अर्थात आभास निरु अनि म लागेउ मामा घर बाटो मा हामी दुई नै स्तब्द थियौ । मामा घरमा आमाको हात बाट टीका लाएर ऊ त्या बाट मसंग जान्छु नि नभनी हिड्यो । फर्केर नि हेरेन मानौ उस्लाई फर्केर हेर्न निषेध गरिएको छ अझ भन्नू पर्दा उस्लाई मैले न्यानो माया हैन अगुल्टै झोसी दिए । ऊ त्या बाट मात्र हैन मानौ घरबेटिले भाडा नतिरेको भन्दै कोठा बाट सबै सामान हुर्याइदिए झै गरि हिड्यो भन्छन् महिनौ पालेको बाख्रा बेच्दा त आफ्नो मालिक लाई देख्दा म्या गर्छ तर बर्षौ देखिको सम्बन्ध थियो उस्ले त रंग मन्चको नाटक जस्तै पर्दा बन्द सम्बन्ध खत्तम झै गर्यो । हामीले सोचे झै सम्बन्ध अघि बढाउन नसके के भो रगतको सम्बन्ध त थियो नि हामी संग ? तर त्या बाट गए देखि न त फोन, न त एस.एम.एस. नत अचेल देख्छु टंगाल मा ? नत लाग्छ फोन ? थाहा छैन कता के गर्दै छ? के छ खवर ?

अडियो सुन्नका लागि 

https://youtu.be/hHCl3BMG6E0