प्रियंका कार्कीका पूर्व श्रीमान् रोचकले अर्को विवाह गर्दै

२०७३ माघ ६ बिहीवार
NewsDesk ShikharNews
Spread the love

 

नेपाली चलचित्र क्षेत्रकी व्यस्त तथा चर्चित नायिका प्रियंका कार्कीका पूर्व श्रीमान् रोचक मैनालीले अर्को विवाह गर्दैछन् ।

प्रियंका कार्कीसँग औपचारिक रुपले डिभोर्स भएको दुई वर्षपछि रोचकले अर्की युवतीलाई आफ्नो जीवन संगिनी बनाउन लागेका हुन् । अमेरिकाको न्युयोर्कमा बस्दै आएका रोचकले अंशुमा खरेलसँग यो हप्ताभित्र कोर्ट म्यारिज गरी अमेरिकामा भव्य पार्टी गर्ने तयारी गरेका छन् । केटीको तर्फबाट यही माघ ११ गते पार्टीको आयोजना गरिएको छ ।

अहिले नायिका कार्की २७ वर्ष पुरा भईसकेकी छिन् । उनले २५ वर्षको उमेरमा रोचकसँग डिभोर्स गरेकी हुन् । प्रियंका र रोचकबीच २०६७ साउन १ गते प्रेम विवाह भएको थियो । अमेरिकाको एलाबामा स्थित युनिभर्सिटी अफ नर्थ एलाबामाबाट फिल्म एण्ड डिजिटल मिडिया प्रोडक्सनमा ब्याचलर गर्दा गर्दै नायिका कार्कीको त्यहीँ बसेर कम्प्युटर इन्जिनियरिङ पढिरहेका रोचक मैनालीसँग प्रेम सम्बन्ध भएको थियो ।

विवाह भएको ४ वर्षपछि उनीहरुबीचको सम्बन्धमा फाटो आई डिभोर्स भएको थियो । प्रियंका कार्कीले मेरो बेष्टफ्रेण्ड र थ्री लभर्स फिल्मको सुटिङ सकिए लगत्तै कागजी प्रक्रिया पुरा गरी डिभोर्स गरेकी थिईन् । पति रोचकसँग सम्बन्ध बिग्रिएपछि नायिका कार्की नेपाल आई फिल्मी क्षेत्रमा व्यस्त हुन थालिन् ।
सिनेमा खेल्न श्रीमानले हस्तक्षेप गरेपछि आफूले डिभोर्स दिएको प्रियंकाले यसअघि बताएकी थिईन् । केही बर्षको सम्बन्धपछि उनीहरुको सम्बन्धमा ब्रेक लागेको थियो । मिस टीनबाट आफ्नो ग्ल्यामर करिअर सुरु गरेकी उनले सिनेमामा जम्ने सुर कसेपछि आफ्नो पति नै आफ्नो योजनामा बाधक बनेका बताएकी थिईन् । अहिले प्रियंका सिंगल छिन् ।