पुर्व मन्त्री बस्नेतलाई रेणुले भनिन : बन्दुक दिनुस मार्छु र मर्छु पनि

२०७३ माघ ७ शुक्रवार
NewsDesk ShikharNews

माघ ७ , देबदह, रुपन्देही।

८० बर्ष पुगेकी देउरुपा तिवारीले आँखा भरी आँसु पर्दै भक्कानिएर भनिन मेरो परिवार भित्र हत्या गर्नुनै थियो भने मलाई गोलि ठोकेको भए हुन्थ्यो। खाउँ खाउँ र लाउँ लाउँको उमेरमा बिधवा बनेकी बुहारी रेणु र नावालक नातिनीहरु तर्फ देखाउदै अब यीनको भविष्य के होला । सुगर र बाथको नियमित औषधि खाईरहेकी दुर्गा तिवारीको आमा रुन थले पछि युवा नेता महेश बस्नेत सहित उनको घरमै पुगेका एमाले र युवा संघका नेताहरु आँखा रसाएका थिए। कक्षा १मा पड्ने जेठी छोरी रितिकाले लुम्बिनी अंचल  स्तरिय नृत्य प्रतियोगितामा प्राप्त गरेको प्रमाणपत्र डेखाउदै दुर्गाकी श्रीमती रेणु मेरो नबालक छोरीहरुको भबिष्य बर्बाद गर्ने हत्यारालाई किन कार्बाही भएन,यी लालाबाला अब म कसरी हुर्काउँ? राजनैतिक संरक्षणका कारण अपराधी नउम्किउन। जे गर्दा नि छुट हुने भए मलाई बन्दुक दिनुस म हत्यारालाई नि मार्छु म पनि मर्छु, के नेपालमा न्याय निसाफ मरेकै हो त?


माहोल झन हृदयबिदारक बन्यो। मौनता तोडदै पुर्ब मन्त्री बस्नेतले भने राष्ट्र निर्माणका दौरान बलिदान दिएर मृत्युु भएको महान छोरा जन्माउनु भएको छ। आमा! पार्टीले हत्यारालाई करबाहिगराउने छ। तीन बर्षकी सानी छोरी दिपिका आमाको काखमा आएर हाम्रो बाबा कहिले आउनहुन्छ ममि भनेर प्रस्न गर्दा कोठामा भएका सबै भक्कानिएका थिए। दाजु चक्रपाणीले पार्टीको भुमिकामा हामी सन्तुष्ट छौ।तर किन १ महिना सम्म हत्याराहरु गिरफ्तार भएनन, बिज्ञान राज शर्माको संयोजकत्वमा गठीत आयोगको म्याद किन थपियो? यो प्रस्नको जवाफ परिवारले पाउन सकेन। हामी सीडीओ र एस्पि लाई भेटेर सबै रिपोर्ट लिनेछौ।तपाइँहरुको भावना नेताहरु र प्रहरी प्रशासनको माथिल्लो तहमा पुराएर पहल लिने वचन बस्नेतले दिए।
सगैँ पुगेका युवा संघका सचिव माधब बाँस्तोलाले युवा सघंले सात दिने अल्टिमेटम दिएको छ। त्यो समय सकिएपछि पनि हत्यारालाई गिरफ्तार नगरिए पुन आन्दोलन गर्ने छ। तेस्तै गरि सँगै पुगेका युवा सघंका केन्द्रीय सदस्यहरु धुर्व आचार्य,सुजु मल्ल, सुमन पुरी,जिल्ला सचीव नहकुल शाही युवा नेता धर्मराज गिरिले हामी आन्दोलन मत्र होइन आबास्यक परे कानूनलाई हाथमा होइन साथमा लिएर हत्यारालाई कार्वाही गराउने छ।
परिवारलाई भेटेर फर्केका पुर्बमन्त्री बस्नेतले लगत्तै सीडीओ बिनोद प्रकश सिंह र एस्पि  रबिन्द्र घनुकलाई भेटी अनुसन्धानको प्रगति बुजेका थिए। हत्यारा गिरफ्तार गर्नेभएको ढिलाई प्रति असन्तुष्टि जनाउदै तत्काल कर्बाही गर्न आग्रह गरेका थिए।