युवा संघ नेपाल करापुटार नगर कमिटी लमजुङ द्वारा गरिएको आमसभामा युवा संघ नेपालका अध्यक्ष राजिब पहारी ले हिन्दी भाषा लाई राष्ट्रिय भाषा बनाएर तराईको भु-भागलाई भारतमा मिसाउने योजनाको जग बलियो पार्न ल्याएको राष्ट्रघाती संशोधन नेपाली जनता र युवा संघ नेपालले कदापी स्वीकार नगर्ने बताएका छन ।
उनले “संविधान संशोधन नै गर्नु छ भने संविधान संशोधन गरेर सि . के राउत जस्ता देशद्रोहोलाई फाँसी दिनु पर्ने माग राखे । साथै भारतको नेपालबाट तराई टुक्राउने योजना सफल गराउन सि के राउतलाई अहिलेको सरकारले नै मदत गरिरहेको छ भन्ने आरोप लगाउदै यो वीर नेपाली को देश हो र एउटा नेपाली पनि बाचुन्जेल यस्तो चाहाना पूरा हुन सक्दैन चाहे रगतको खोला नै किन न बगोस ?” हजारौको सहभागी जनसभाको प्रमुख अथिती ग्रहण गर्दै एमाले सचिब पृथ्वी सुब्बा गुरुङले बिगतमा युवा संघ ले चलाएको मधेस अभियानको प्रसंसा गर्दै अब सींगो पार्टी नै मधेस अभियान मा झोकिने उदघोष समेत गर्नु भयो ।