New from Nepal

पियनले चलाउँछिन् कक्षा

कावासोती १५ शेरगन्जस्थित माझी प्राविमा शिक्षक अभावले सहयोगी (पीयन) ले समेत कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता छ ।
विद्यालय सहयोगी मनमाया माझी वालबालिकाको लागि दिवा खाजा मात्र तयार पार्दिनन्, शिशु र कक्षा १ लाई पढाउने जिम्मेवारी समेत वहन गर्छिन् । त्यसै खाली बस्नुभन्दा आफूले जानेका कुरा पढाउने गरेको उनले बताईन् ।
‘राहत दरबन्दी एक जना र बालविकासतर्फको एक जना गरी दुई जना शिक्षिका मात्र विद्यालयमा छौं’ प्रधानाध्यापक रामकुमारी मर्दनियाले भनिन्, ‘पियनले पनि कक्षा सञ्चालन गर्नुहुन्छ ।’

अहिले विद्यालयमा ६० छात्रछात्रा अध्ययनरत छन् । जसमध्ये तीन जना बाहेक अन्य सबै विद्यार्थी माझी, मुसहर समुदायका हुन् ।
शिक्षक दरबन्दी नहुदा अध्यापनमा निकै समस्या छ ।आजको कान्तिपुरमा खबर छ ।